श्रीलंकामा १ लिटर दूधको मुल्य दुई हजार रुपैयाँ !
श्रीलंका । श्रीलंकाको राजधानी कोलम्बोमा एक कप चियाको मूल्य १०० भारु पुगेको छ । खुर्सानी सात सय रुपैयाँ प्रतिकिलोमा बिक्री भइरहेको छ । एक किलो आलुका लागि दुई सय रुपैयाँसम्म तिर्नुपर्छ ।
इन्धन अभावले विद्युत उत्पादनमा पनि असर परेको छ । अहिले धेरै सहरमा १२ देखि १५ घण्टासम्म विद्युत् कटौती भइरहेको छ । यस्तो अवस्थामा भारतले श्रीलंकालाई तत्काल एक अर्ब डलर सहयोग गरेको छ ।
श्रीलंकामा धेरै देशको ऋण छ । यहाँ जनवरीमा विदेशी मुद्रा सञ्चिति ७० प्रतिशतभन्दा बढीले घटेर २ अर्ब ३६ करोड अमेरिकी डलर पुगेको थियो, जुन निरन्तर घटिरहेको छ । विदेशी मुद्रा अभावका कारण मुलुकमा अधिकांश अत्यावश्यक वस्तु, औषधि, पेट्रोल, डिजेल विदेशबाट आयात हुन सकेको छैन ।
यसअघिको प्रतिवेदनअनुसार देशमा खाना पकाउने ग्यास र बिजुलीको अभावका कारण झण्डै एक हजार बेकरी बन्द भएका छन् भने बाँकीबाट पनि राम्रोसँग उत्पादन हुन सकेको छैन । एजेन्सी