मनहरीको मसिनेस्थित पशुपतिनाथ माविमा कथा लेखन
मकवानपुर । मनहरीको पशुपतिनाथ माविका बालबालिकालाई सृजनशील बनाउनका लागि कथालेखन कार्यशालाको आयोजना गरिएको छ
मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेस्थित विद्यालयकाका बालबालिकाले आफ्नो जीवनमा भोगेका कतिपय घटना वा अविष्मरणीय क्षणलाई कथाको रुपमा उतार्न सकेको खण्डमा उनीहरुको सृजनशीलता बृद्धि हुने भएकोले कथालेखन कार्यशाला गरिएको हो ।
पशुपतिनाथ माविका शिक्षक विद्यार्थी र सृजना प्राविका शिक्षक सहभागी कार्यशालामा हेल्पकोडका कार्यक्रम संयोजक मिनप्रसाद रिजालले सहजीकरण गरेका थिए ।
कोभिड–१९ महमारी पछिका दिनमा बालबालिकाको विद्यालयमा निरन्तरता घटेको र सृजनशीलतामा पनि हस आएका कारण कथालेखन कार्यशालाले बालबालिकाको आत्मबल बृद्धि हुने विद्यालयका प्रधानाध्यापक भानुभक्त आचार्यले बताए । विकासका लागि सहयोग र सहकार्य (हेल्पकोड) नेपालको सहकार्यमा अर्थपूर्ण परिबर्तनका कथालेखन कार्यशाला आयोजना गरिएको हो ।
कार्यशाला पछि हरेक महिनामा कम्तिमा दुई पटक बालबालिकालाई कथालेखन कार्यमा सहभागी गराईने बताइएको छ छ । उत्कृष्ठ कथालाई प्रकाशन गर्ने विद्यालयले जनाएको छ । बालबालिकामा लेखनशैलीको विकास गर्नका लागि यसप्रकारका कार्यशालाले सहयोग पुर्याउने सहभागी शिक्षकहरुले बताएका छन् ।