स्वरोजगारकोषद्वारा एकैदिन ५० करोडको ऋण स्वीकृत

अखबार हब
२०७९ जेष्ठ १६, सोमबार १९:००

मकवानपुर । युवा स्वरोजगारकोषले सोमबार एकैदिन करिब ५० करोडको ऋण स्वीकृत गरेको छ । सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा. देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई स्वीकृत गरेसँगै करिब ५० करोड सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो ।

कोषले सहकारीसंस्थाहरूलाई थोककर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो । सोमबार तयारी अवस्थाका १२० वटा सहकारीसंस्थाका फाईललाई अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाईल स्वीकृत भएको हो ।

सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्धस्तरबाट कामअघि बढाईरहेको कोषका उपाध्यक्ष डा। रोकाले दाबी गरे ।

कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्राकर्जा प्राप्त गर्दछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*