१० हजार युवालाई रोजगारी दिन मुख्यमन्त्री रोजगार कार्यक्रम

अखबार हब
२०७९ असार २, बिहीबार ०८:०१

मकवानपुर । बागमती प्रदेश सरकारले आगामी वर्ष १० हजार युवालाई रोजगारमूलक सीप सिकाएर स्वरोजगार बनाउने कार्यक्रम अघि सारेको छ । आर्थिक मामिला तथा योजनामन्त्री शालिकराम जम्कट्टेलले बुधबार आगामी आर्थिक वर्ष २०७९/०८० का लागि बजेट प्रस्तुत गर्दै १० हजार युवाहरूलाई स्वरोजगार बनाउने योजनासहित मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम ल्याइएको घोषणा गरे ।

उनले सो कार्यक्रमका लागि १५ करोड रुपैयाँ विनियोजन गरेका छन् । ‘प्रदेशभित्र बसोबास गर्ने गरिब, विपन्न र द्धन्द्धपीडित परिवारका रोजगारीको अवसरबाट बञ्चित दश हजार युवाहरूलाई स्वदेशमै काम गर्न सक्ने स्वरोजगारमुलक सीप सिकाउनका लागि मुख्यमन्त्री सीप विकास तथा रोजगार कार्यक्रम सञ्चालन गर्न १५ करोड विनियोजन गरेको छु,’ उनले भनेका छन् ।

मन्त्री जम्मकट्टेलले सीप सिकाइएका युवाहरूलाई कार्यस्थलमै उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरूमा रोजगारी दिने व्यवस्था मिलाउने बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*