मकवानपुरमा कोरोना विरुद्धको फाइजर खोप लगाइदै
मकवानपुर । मकवानपुरमा कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेका लगाइने भएको छ । ५ वर्ष पुगेका र १२ वर्ष भन्दा कम उमेर समुहका बालबालिकालाई कोरोना विरुद्धको पहिलो खोप फाइजर बायोस्नटेक लगाइने भएको हो ।
मंगलवार जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरले पत्रकार सम्मेलनको आयोजना गरि आगामी असार ९ गते देखि १५ गते सम्म जिल्लाको दश वटै पालिकामा रहेका बालबालिकाहरूलाई कोरोना विरुद्धको पहिलो खोप लगाइने जनाकारी दिएको हो ।
पहिलो चरण अन्तरगत जिल्लाका विद्यालयमा पुगि ३ सय ९० जना स्वास्थ्य कर्मी मार्फत ६१ हजार ७५ बालबालिकाहरूलाई खोप लगाउने लक्ष्य रहेको जिल्ला स्वास्थ्य कार्यलय मकवानपुरका सूचना अधिकारी लक्ष्मण घिमिरेले जानकारी दिए ।
खोप गम्भिर प्रकृतिका एलर्जी भएका, कोभिड संक्रमण भएको ३० दिन नपुगेका र अन्य बिरामी भएका बालबालिकाहरूलाई लगाउन नहुने घिमिरेले बताए । कोरोना विरुद्धको यो खोप अन्य देशमा समेत परिक्षण भइसकेको र ९० प्रतिशत प्रभावकारी रहेको उनको भनाई छ ।
त्यस्तै मकवानपुरमा हालसम्म ६२ हजार ७५ जनाको कोरोना परिक्षण गर्दा १७ हजार ८ सय ५४ जनामा कोभिड –१९ पुष्टि भएको उनले बताए । जिल्लामा हालसम्म कोभिडबाट १ सय ७१ जनाको मृत्यु भएका छ । त्यसैगरी जिल्लामा १२ वर्ष माथिका ९० प्रतिशतले कोरोना विरुद्धको पूर्ण खोप लगाइ सकेको उनको भनाइ छ ।