विदेशबाट फर्किएका युवाहरूको सक्रियतामा हेटौंडामा कृषि मार्ट
मकवानपुर । रोजगारीको शिलसिलामा विदेशमा बसेर आफ्नो पसिना बगाउंदै सिप सिकेका युवाहरूको समुहले हेटौंडामा कृषि मार्ट सञ्चालनमा ल्याउने भएका छन् ।
वैदेशिक रोजाईको क्रममा खाडि मुलुकमा जीवनको उर्जाशील समयको लगानी गरेका २५ जना युवाहरूले स्वदेशमा फर्केर कृषिमा योगदान पुर्याउने उद्देश्यका साथ हेटौंडा ५ स्थित पिप्लेमा माईग्रेन्ट कृषि मार्ट संचालनमा ल्याउन लगेका हुन् ।
रिर्टर्नी कृषि तथा पशुपालन कम्पनीद्वारा संचालित मार्टमार्फत उनीहरूले सबै प्रकारको कृषि उपजलाई सबै स्थानमा पु¥याउने योजना बनाएका छन् । बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणी पौडेलले भोली(बुधबार) मार्टको औपचारिक उद्धघाटन गर्दैछन् । उत्त मार्टमा हाल जनाले रोजगार पाइसकेका छन् ।
मंगलबार आयोजित पत्रकार सम्मेलनमा सहकारी अध्यक्ष पुडासैनीले युवाले चाहेमा कृषिमा सफल हुन् सम्भव रहेको बताए । विदेशबाट फर्किएका युवाहरूलाई कृषि क्षेत्रमा आकर्षण गर्ने आफूहरूको योजना रहेको अध्यक्ष पुडासैनीले बताए ।
कृषि सहकारी संस्था अन्तरगत रहेर संचालनमा ल्याउन लागेको माटले देशभर आफ्नो शाखा विस्तार गर्ने सन्चालक समिति सदस्य बिपिन घिमिरेले बताए । मार्टले कृषकहरुलाई बीउ, प्राविधीक जनशक्तिको लागि सहयता गर्नेछ । किसानबाट उत्पादित बस्तुहरु आफै खरिद गर्ने योजना समेत रहेको अध्यक्ष पुडासैनीले बताए ।