जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेमाथि गोली प्रहार

अखबार हब
२०७९ असार २४, शुक्रबार १०:५५

जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेमाथि गोली प्रहार भएको छ। गोली लागेका आबेको अवस्था निकै गम्भीर रहेको बताइएको छ। नारा सहरमा आयोजित चुनावी भाषण गर्दै गर्दा उनीमाथि गोली प्रहार भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।

जापानको समाचारसंस्था एनएचकेका अनुसार भाषण गरिरहेका शिन्जो आबेलाई पछाडिबाट गोली हानिएको थियो। गोली लागेपछि उनी ढलेका थिए।

उनको शरीर रक्ताम्मे देखिएको थियो। गम्भीर घाइते भएका उनको अस्पतालमा उपचार भइरहेको छ । एक जना संदिग्धलाई प्रहरीले पक्राउ गरी हिरासतमा राखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*