हेटौँडा अस्पतालमा अनलाईन टिकट यससरी काट्न सकिन्छ

अखबार हब
२०७९ श्रावण १, आईतवार १५:४७

हेटौंडा । लामो समयदेखि घन्टौ लाइनमा बसेर हेटौंडा अस्पतालमा ओपिडी सेवाको टिकट लिन पर्ने समस्या अन्त्य भएको छ ।

अवदेखि घरमै बसि मोबाइलबाटै टिकट काट्न सकिने भएको छ । मोबाइल एपमार्फत ओपिडी सेवाको टिकट र अन्य धेरै सेवाहरु अनलाइनबाटै लिन सकिने अस्पताल प्रशासनले जानकारी दिएको छ । हाल उक्त सेवा बिमा बाहेकका सेवाग्राहीको सुरु भएको र बिमाका सेवाग्राहीका लागि समेत चाढै उक्त सेवा सुचारु गरिने अस्पतालले जनाएको छ ।

आजबाट बिमा बाहेकका बिरामीले मोबाइलबाटै आफुलाई चाहिने चिकित्सकको ओपिडी समय लिन सक्नेछन् । त्यसका लागि हेटौंडा हस्पिटल एप डाउनलोड गर्नु पर्नेछ । उक्त एप मार्फत ल्याव रिपोर्ट समेत मोवाइलबाटै हेर्न मिल्ने छ । त्यस्तै आवश्यक परेको खण्डमा मोवाइलबाटै डाक्टरसंग भिडियो परामर्श समेत लिन सकिने अस्पतालले जनाएको छ ।

अस्पतालले सेवाको बारे नागरिकलाई बुझाउन अस्पताल परिसरमा हेल्प डेस्कको समेत स्थापना गरेको छ । बिरामी र बिरामीका आफन्तलाई अनलाइनबाट टिकट कसरी काट्ने र कसरी पैसा तिर्ने भन्ने सिकाउनको लागि डेस्क राखिएको अस्पतालले जनाएको छ ।

यसरी काट्नुहोस अनलाईन मार्फत टिकट

  • सुरुमा तपाई मोबाइलको प्ले स्टोरमा जानुहोस ।
  • hetauda hospital टाइप गरि उक्त एप डाउनलोड गर्नुहोस । एप खोलेपछि सुरुमा आफ्नो मोबाइल नम्बर राख्नुहोस ।
  • ओटिपि कोडको लागि एकैछिन कुर्नुहोस । तपाइको मोबाइलमा कोड आएपछि उक्त कोड राख्नुहोस अनि virefy बटममा थिच्नुहोस ।
  • त्यसपछि तपाइँको जिमेल एकाउन रोज्ने अप्सन आउछ एउटा एकाउन्ट रोज्न सक्नुहुन्छ ।
  • त्यसपछि तपाइको व्यक्तिगत विवरण भर्नुहोस् र Submit मा थिच्नुहोस ।
  • पासवर्ड राख्ने २ वटा कोठा देखिने छ । उक्त कोठाहरुमा तपाइँले सम्झिने पासवर्ड राख्नुहोस । २ वटै कोठामा राखिएको पासवर्ड एकै हुनुपर्नेछ ।
  • त्यसपछि तपाइको ठेगाना राख्ने स्थान आउनेछ, माथि skip भन्ने बटम देखिएपनि यो तपाईले अनुवार्य भर्नु पर्नेछ । तपाइँको व्यक्तिगत विवरण पुरा भयो ।
  • अब तपाईलाई के सम्बन्धि समस्या छ सम्बन्धित नाममा थिच्नुहोस । कति गते चिकित्सकलाई भेट्नुपर्ने हो सोहि गतेमा थिच्नुहोस ।
  • अब तपाई नयाँ बिरामी हो या पुरानो हो छुट्याउनुहोस्, नयाँ हुनुहुन्छ भने नयाँमा थिच्नुहोस । त्यहाँ तपाइको नाम देख्नुहुनेछ त्यहाँ थिच्नुहोस । (पुरानो बिरामी भए ओपिडी नम्बर राख्नुहोला )
  • त्यहाँ तपाइको विवरण आउने छ । अब तपाइले ओपिडी टिकटको शुल्क तिर्नु पर्ने हुन्छ ।  तल pay now  मा थिच्नुहोस ।
  • टिकट लिनको लागि ४ वटा माध्यम देखिन्छन् । आइएमइ पे, कनेक्ट आइपिएस् , इ-सेवा र खल्ती एप ।  तपाईले यी ४ मध्ये एक छानेर ओपिडी शुल्क ३० रुपैंया  अनलाइनबाट भुक्तानी पर्नुपर्ने छ ।
  • अब तपाइकोको ओपिडी टिकट काटिएको छ ।  तपाइले रोज्नु भएको दिन सम्बन्धित स्वास्थ्य समस्याको चित्कित्सक बस्ने कोठामा तपाईको टिकट पुग्ने छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*