हेटौँडा बचतले गर्यो वित्तीय विवरण सार्वजनिक
मकवानपुर । हेटौंडा बचत तथा ऋण सहकारी संस्थाले साउन मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सहकारी विभागको निर्देश बमोजिम हेटौंडा– ७ कमाने स्थित हेटौंडा बचतले विहीबार साउन मसान्त सम्मको वित्तीय विवरण सार्वजनिक गरेको हो ।
सार्वजनिक वित्तीय विवरण अनुसार सहकारीको शेयर पुँजी ४ करोड ४८ हजार ७ सय रहेको छ भने जगेडा कोषमा १ करोड ७७ लाख २५ हजार ३ सय ३६ रुपैयाँ रहेको सहकारीका निमित्त व्यवस्थापक देवराज गौतमले जानकारी दिए ।
त्यस्तै संस्थाको वित्तिय कोषमा ६६ लाख ३७ हजार ४ सय १ रुपैयाँ, कुल बचत ४७ करोड ९६ लाख ७४ हजार १ सय ९६ रुपैयाँ, संस्थागत पुजी २ करोड ११ लाख ५ हजार ९ सय ७६ रुपैयाँ, ऋण लगानी ५६ करोड ८४ लाख ६६ हजार ३ सय १८ रुपैयाँ रहेको गौतमले बताए । संस्थाको सम्पत्ति ७२ करोड ८१ लाख ३ हजार २ सय ७० रहेको छ भने तरलता १० करोड १९ लाख ४७ हजार ७ सय ५९ रहेको छ ।
संस्थामा साउन मसान्त सम्ममा ६ हजार १ सय ९४ जना शेयर सदस्य रहेको उनले जानकारी दिए । १ हजार ९ सय १४ जना ऋणी रहेको संस्थाको तरलता भने २१ दशमलव २५ प्रतिशत रहेको छ ।
हेटौंडा बचतसहित उपमहानगरपालिका कार्यक्षेत्र भएर सञ्चालनमा रहेका २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । उपमहानगरपालिकामा रहेका २ सय २३ वटा सहकारी संस्थामध्ये २ सय ६ वटा सहकारी संस्थाले वित्तीय विवरण सार्वजनिक गरेको हेटौंडा उपमहानगरपालिका सहकारी महाशाखा प्रमुख हिमप्रसाद पौडेलले बताए ।
विवरण सार्वजनिक नगर्ने सहकारीलाई निर्देशनदिई वित्तीय विवरण सार्वजनिक गर्न अनुरोध गरिएको पौडेलले बताए । ‘सहकारी विभागले साउन ३१ गते सहकारीलाई निर्देशन जारी गर्दै एक साता भित्र वित्तीय विवरण सार्वजनिक गर्न निर्देशन दिएको थियो । परिपत्र जारी गरेका सहकारीले कार्यान्वयन पनि गरेका छन् र केही हेटौंडा उपमहानगरपालिकामा सम्पर्क विहीन भएका १३ वटा सहकारी संस्था मध्ये २ वटा सहकारी संस्था सहकारी विभागको सम्पर्कमा आइसकेको पौडेल बताए ।