मध्यरातमा डिनाका श्रीमानलाई स्थानीयले लखेटे

अखबार हब
२०७९ मंसिर ४, आईतवार ००:१४

हेटौँडा । सत्तारुढ गठबन्दनको तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाका श्रीमानलाई मकवानपुरका जनताले मध्यरातमा लखेटेका छन् ।

निर्वाचन आचार संहिता विपरित निर्वाचनको अगिल्लो रात हेटौँडा १४ मा पैसा बाढ्न आएको भन्दै स्थानीयले लखेटेका हुन् ।

लामो समय देखी पराजय भोग्दै आएकि डिनालाई जुन सुकै अवस्थामा पनि चुनाव जित्नु पर्ने भन्दै उनका श्रीमान दिनेशले पैसा बाढ्दै हिडेको हेटौँडा १४ का स्थानीयको भनाई छ ।

निर्बाचनको स्थिर समयमा मतदातालाई प्रलोभनमा पार्न हिडेको भन्दै उनलाई हेटौंडा १५ कालोपानिबाट स्थानीयले नियन्त्रणमा लिएका हुन । उपाध्यायले भने आफू ढिडो खान आएको बताएका छन् । उपाध्यायलाई स्थानीयले प्रहरी चौकि मयुरधापमा जिम्मा लगाएका छन ।
मतदातालाई प्रलोभन पार्दै हिड्ने दिनेश उपाध्याय नेपाली कांग्रेसकी सह महामन्त्री समेत रहेकी मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ की उम्मेद्वार महालक्ष्मि उपाध्याय डिनाका श्रीमान् हुन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*