राष्ट्रिय निकुञ्ज भित्र फर्निचरको नाममा अबैध काठ तस्करी
मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनोमानी रुपमा फर्निचर सन्चालन भैरहेको छ । निकुञ्जको मकवानपुरको मनहरी र हेटौँडा उपमहानगर सिमा क्षेत्र भित्र अबैध फर्निचर उद्योग सञ्चालन भएको पाईएको हो ।
हाल निकुञ्ज क्षेत्र एक सय भन्दा बढि फर्निचर सन्चालनमा रहेका छन् । उक्त फर्निचर मध्ये धेरैको संख्यामा दर्ता नगरी निर्वाध रुपमा सन्चालन भैरहेको स्थानीयहरु बताउछन् ।
वि.सं.२०५५ साल पछि सो स्थानमा सन्चालीत उद्योगहरु दर्ता प्रक्रियमा आएपनि निकुन्जले स्विकृत दिएको छैन । यद्यपी अटेर फर्निचर उद्योगीले जवरजस्त उद्योग चलाईरहेको निकुञ्जका अधिकारीहरु बताउछन् ।
सामान्यतया निकुञ्ज क्षेत्रलाई संवेदनशिल क्षेत्रको रुपमा लिने गरीन्छ । राज्यले नै संवेदनशिल क्षेत्रको रुपमा लिएको निकुन्ज क्षेत्रमा गैर कानुनी तवरले फर्निचर चलाई काठको तस्करी हुदाँ समेत सम्बन्धि निकाए मुकदर्शक भएर बसेको स्थानीयको आरोप छ ।