पर्सा राष्ट्रिय निकुञ्ज भित्र मनहरीका वडा अध्यक्षको अबैध फर्निचर

अखबार हब
२०७९ पुष ३, आईतवार १८:०७

मकवानपुर । पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र मनहरी गाउँपालिका वडा नम्बर १ का वडा अध्यक्ष शिव प्रसाद खनालले अवैध रुपमा फर्निचर उद्योग सञ्चालन गरीरहेका छन् । उनले विगत ७ बर्ष देखी बिना अबरोध निकुञ्ज भित्र दर्ता नै नगरी फर्निचर सञ्चालन गरेका हुन् । हाल सम्म दर्ता नभएको र दर्ता प्रक्रिया अगाडी बढाएको खनाल स्वयम् स्विकार गर्छन । उनी भन्छन् ‘दर्ता छैन दर्ताको लागी प्रक्रिया अगाडी बढेको छ,केही समय भित्र दर्ता होला ।”

उता निकुञ्जका सुचना अधिकारी सुर्य खड्काले भने वि.सं.२०५५ साल देखी कुनै पनि फर्निचर दर्ता नभएको र अवैध रुपमा सन्चालमा रहेको बताउछन् । उनका अनुसार निकुञ्ज क्षेत्र भित्र रहेका १०० भन्दा बढि फर्निचर अवैधानीक तरीकाले चलिरहेका छन् ।

उसो त निकुञ्ज भित्रका कर्मचारीको मिलेमतोमा नै उक्त फर्निचर सन्चालनमा रहेको प्रष्ट हुन्छ । किनकी राष्ट्रिय निकुञ्ज क्षेत्र भित्र बाट स्थानीयले वालुवा,रोडा लाँदा समेत निकुञ्जले एक टिप(ट्रयाक्टर)बापत एघार सय चालीस राजस्व लिने गरेको छ । स्थानीयलाई राजस्वको दायमा ल्याउन सक्ने निकुञ्जले विना दर्ता फर्निचर सन्चालन गर्न दिनु भनेको पहुँचवालाको चलखेलमा निकुञ्ज चलेको स्थानीय बताउछन् ।

वडाध्यक्ष जस्तो व्यक्तिले पहुँच भएकै आधारमा विना दर्ता निकुञ्ज क्षेत्रमा फर्निचर सन्चालन गर्नु र सम्बन्धित निकायले वास्ता नगर्नुले पहँुचवालाहरुले निकुञ्जको प्रशासन वार्डेन लगाएत सिंगो प्रशासनलाई दबाबमा पारेको हो कि भन्ने संका लागेको स्थानीयको भनाई छ ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*