व्यापार मेलामा मकवानपुरका कपडा व्यवसायीलाई फिरन्ते व्यापारीको डर
मकवानपुर । मकवानपुर उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको व्यापार महोत्सवको कपडा तथा तयारी पोशाक व्यवसायी संघ मकवानपुरले विरोध जनाएको छ ।
कपडा व्यवसायीहरुले हेटौंडामा यहि माघ ११ देखि १८ गतेसम्म हुन लागेको व्यापार महोत्सवमा कपडा व्यवसायी माथि संघले ज्यातदी गरेको भन्दै विरोध गरेका हुन् ।
मंगलबार संघका अध्यक्ष नेत्रप्रसाद खतिवडासहितको टोलिले जिल्ला प्रसासन कार्यालय मकवानपुर र हेटौंडा उपमहानगरपालिकामा ध्याणाकर्षण पत्र बुझायका छन् । उनका अनुसार पहिलेको वर्षहरु झै यसपालि पनि मउवासंघले स्थानीय कपडा तथा तयारी पोशाक व्यवसायीहरुलाई प्राथमिकता नदिई बाहिरका फिरन्ते व्यवसायीहरुलाई मेलाको इस्टल उपलब्ध गराएको आरोप लगाएका छन् ।
‘मेलामा बाहिरका व्यवसायी आएर कपडा बेच्दा हामीहरुको करिब ५ अर्ब बराबरीको लागानी धरासयी भइ टाट पल्टीने अबस्थामा छौं ।’ अध्यक्ष खतिवडाले भने ।
फिरन्ते व्यापारीहरुलाई व्यावस्थापन गर्नु पर्ने तथा बैंकको चर्को व्याजदरको कारण व्यावसायी विस्थापित भैरहेको एजेन्डा बोकेर हिडेको उद्योग वाणिज्य संद्यले नै मेलाको आडमा मकवानपुरको कपडा व्यवसायीहरुलाई विस्थापित गर्ने षडयन्त्र रचेको कपडा व्यवसायीहरुले आरोप लगाएका छन् ।
‘यदि हाम्रो मागलाई बेवास्ता गरेमा हामी जस्तो सुकै संघर्षमा जाने र त्यसबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार स्वयम मउवा संघ हुनेछ ।’ ध्याणाकर्षण पत्र पढ्दै संघका उपाध्यक्ष जावेद हुषेनले भने ।