नाफामूलक संस्थालाई निजगढ नगरपालिकाको अनुदान 

अखबार हब
२०८० बैशाख १९, मंगलवार १५:२२

बारा । बाराको निजगढ नगरपालिकाले नाफा कमाउने उद्देश्यका साथ सञ्चालनमा रहेको संस्थालाई अनुदान वितरण गरेको पाइएको छ ।

महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको प्रतिवेदन अनुसार गत आवमा नगरपालिकाले नगरका तीन वटा नाफामूलक संस्थालाई अनुदान वितरण गरेको खुलेको हो । संघ र प्रदेश सरकारबाट प्राप्त रकमलाई स्थानीय पूर्वाधार विकास तथा दीर्घकालीन पूँजी निर्माण हुने काममा खर्च गर्नु पर्ने हुन्छ, तर पालिकाले आफूखुसी नजिकका नाफा कमाउने उद्देश्यले सञ्चालित संस्थालाई अनुदान उपलब्ध गराएको हो ।

प्रतिवेदन अनुसार पालिकाले सिंगौल दग्ध सहकारी संस्था लि लाई ४ लाख ९८ हजार २९५ रुपैयाँ, बागदेव दुग्ध उत्पादन सहकारी संस्था लि लाई ७ लाख रुपैयाँ र निजगढ महिला बचत तथा ऋण सहकारी संस्थालाई ७ लाख गरि जम्मा १८ लाख ९८ हजार २ सय ९५ रुपैयाँ अनुदान बाढेको हो । उक्त रकम पालिकाले ती सहकारीको कार्यालयको उपकरण खरिदको नाममा बाढेको हो ।    

महालेखा परिक्षकको कार्यालयको प्रतिवेदन यस्तो छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*