भौतिक मन्त्रालय बागमती प्रदेशको बजेट २१ अर्ब ६६ करोड
मकवानपुर । बागमती प्रदेशको भौतिक मन्त्रालयका लागि २१ अर्ब ६६ करोडको बजेट छुट्याइएको छ ।
आगामी आर्थिक बर्षका लागि प्रदेशका ११ वटा मन्त्रालय मध्यमा सबै भन्दा धेरै भौतिक मन्त्रालयका २१ अर्ब रुपैयाँ भन्दा बडी बजेट छुट्याइएको हो ।
हेटौंडाको कर्रा करिडोरका लागि १५ करोड बजेट बिनियोजन गरिएको छ । बागमती प्रदेश सरकारले आज संसदमा बजेट प्रस्तुत गदै आर्थिक मामिला तथा योजना मन्त्री बहादुर सिंह लामाले यस्तो बताउनुभएको हो । बागमती प्रदेशको सामाजिक बिकास मन्त्रालयको लागि ४ अर्ब रुपैयाँ बजेट बिनियोजित गरिएको छ ।