बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड

अखबार हब
२०८० असार १, शुक्रबार १७:०९

मकवानपुर । बागमती प्रदेशको बजेट ६२ अर्ब ७० करोड ९० लाख रुपैयाँ रहेको छ ।

प्रदेश सरकारले ११ वटा मन्त्रालय मार्फत खर्च गर्नेगरी ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँको ल्याएको हो ।

कुल विनियोजन बजेट मध्य चालु तर्फ २६ अर्व ७० करोड २७ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको छ भने पुँजीगत तर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ बजेट छुट्याइएको छ ।

त्यसै गरि वित्तीय व्यवस्था तर्फ ५० करोड विनियोजन गरिएको छ । कुल विनियोजन बजेट मध्य चालु तर्फ ४२.५८ प्रतिशत, पुँजीगत तर्फ ५६.६२ प्रतिशत र वित्तीय व्यवस्था तर्फ ०.८ प्रतिशत रहेको छ ।

आगामी आर्थिक वर्षको खर्च व्यहोर्ने स्रोत मध्ये कर राजस्वबाट रु २५ अर्ब १७ करोड २६ लाख, अन्य राजस्वबाट पाँच अर्व २६ करोड ९४ लाख, संघीय वित्तीय हस्तान्तरणबाट १७ अर्ब ८१ करोड २३ लाख, चालु आर्थिक वर्षको अनुमानित सञ्चित कोषको वचत र अन्य प्रातिबाट  १४ अर्व ४५ करोड ४७ लाख व्यहोरिने अनुमान गरिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*