मनहरी गाउँपालिकामा १९ जना प्रध्यानाध्यापकको सामूहिक राजीनामा

अखबार हब
२०८० असार ३०, शनिबार १४:४६

मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिकास्थित विभिन्न १९ विद्यालयका प्रध्यानाध्यापकहरुले सामूहिक राजीनामा दिएका छन् ।

गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले मानसिक दबाब दिएको ऐन, नियम विपरित प्रअ सरुवा गर्न लागेको भन्दै उनीहरूले सामूहिक राजीनामा दिएका हुन् ।

राजीनामा दिनेमा आधारभूत विद्यालयका १८ र माध्यमिक विद्यालयका एक जना प्रध्यानाध्यापक छन् ।

अध्यक्ष कालाखेतीले शिक्षाको गुणस्तर सुधार्ने निहुँमा लामो समयदेखि मानसिक दबाब दिएको उनीहरूको आरोप छ ।

यता पालिकाको शिक्षा शाखा प्रमुख हरिचन्द्र सापकोटाले भने शिक्षा नियमावलीमा शिक्षक सरुवा गर्ने व्यवस्था भएको तर प्रअ सरुवा हुने भन्ने नभएको बताए । प्रअ सरुवाको विषयमा विवाद बढेसँगै पालिकाले केही नियम हेरफेर गर्ने तयारी गरेको सापकोटाले बताए । शिक्षा समितिमा छलफल हुदाँ आफुले सबैको सहमतिमा अघि बढ्नु पर्ने धारण राखेको भएता पनि अध्यक्षको आदेश सबैले मान्नु पर्ने उनले बताए ।

यस्तो छ, सामूहिक राजीनामाको व्यहोरा ।

यसमा तपाइको मत

Your email address will not be published.


*