बागमतीका ७ अस्पताललाई स्वास्थ्य आपूर्तिको शववाहन
मकवानपुर । बागमती प्रदेशमा रहेका ७ वटा प्रादेशिक अस्पताललाई शववाहन सहयोग गरिएको छ ।
आइतबार एक कार्यक्रमका बीच स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशका ७ वटा प्रदेशिक अस्पताललाई शववाहन हस्तान्तरण गरेको हो ।
बागमती प्रदेश स्वास्थ्य मन्त्रालयबाट स्विकृत कार्यक्रम अन्तरर्तत आव २०७८/७९ मा १ करोड ८ लाख ५६ हजारमा खरिद गरिएको ७ वटा शववाहन प्रादेशिक अस्पतालहरुलाई हस्तान्तरण गरिएको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका का.मू निर्देशक बसन्त अधिकारीले बताए ।
पशुपति अस्पताल दोलखा, रसुवा अस्पताल रसुवा, रामेछाप अस्पताल रामेछाप, चौतारा अस्पताल सिन्धुपाल्चोक, रत्ननगर वकुल्लार अस्पताल चितवन, सिन्धुली अस्पताल सिन्धुली र त्रिशुली अस्पताल नुवाकोटलाई शववाहन हस्तान्तरण गरिएको अधिकारीले जानकारी दिए ।
बागमती प्रदेशका स्वास्थ्य मन्त्री उत्तम जोशीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वास्थ्य मन्त्रलयल बागमती प्रदेशका सचीव बद्रीबहादुर खड्का, मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक दिपक प्रसाद तिवारी, स्वास्थ्य निर्देशनालय बागमती प्रदेशका वरिष्ठ जनस्वास्थ्य प्रशासक एनिश बिष्ठ लगायतको आतिथ्यता रहेको थियो ।