सरकार आफैँले संसद बैठक चल्न दिएनः ओली

अखबार हब
२०८० श्रावण १७, बुधबार १९:५६

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार आफैँले संसद बैठक चल्न नदिएको आरोप लगाएका छन् ।

पछिल्लो सुन तस्करी प्रकरणबारे सांसदहरुलाई बोल्न नदिन सरकारले सभामुखलाई दबाब दिएर संसद बैठक सूचना टाँस गरेर स्थगित गर्न बाध्य बनाएको ओलीको जिकिर थियो । तुलसीलाल अमात्य स्मृति दिवसको अवसर पारेर बुधबार ललितपुरको च्यासलस्थित एमाले केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै उनले गृहमन्त्रीलाई मात्रै बोल्न दिने, नभए संसद बैठकलाई संचालन नगर्ने सरकारको हर्कतका कारण संसद बैठक सूचना टाँस गर्दै स्थगित भइरहेको आरोप लगाए ।

गृहमन्त्रीलाई मात्रै बोल्न दिए हुने सहमती गरेर पनि केपी ओलीले सो सहमती बालुवाटारबाट बाहिरिएपछि लत्याएको भनेर प्रचार गरेको सुन्दा आफूलाई अचम्म लागेको समेत उनको भनाई छ । अध्यक्ष ओलीले सरकार आफैँ संलग्न भएकाले सो सुन तस्करी प्रकरणमा आफूहरुले उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्नु परेको बताए ।

‘तपाईहरुले भन्सार नियन्त्रण पनि गर्नसक्नु भएन, छेक्न पनि सक्नुभएन । त्यहाँ चोरीपैठारी हुँदा त्यत्रो सुन आउँदा तपाईहरुले देख्नुभएन । अनि तपाईहरुबाट के आशा गर्नु ? तपाईहरुलाई छानबिनबाट रोक्न खोजको होइन, गर्नुस् । अर्को निष्पक्ष त्यस्तो आयोग बनाऊ । जसले छानबिन गरोस् । उहाँहरु संसदमा आवाज उठछ भनेर संसद चल्न दिनुभएन । किनभने सांसद बोल्छन भनेर । हामीले संसद चलाऊ भनेका छौं । सांसदहरु बोल्नु हुन्छ । आवाजहरु उठाउनु हुन्छ । जनताको भनाई भन्नुहुन्छ । सांसदले बोल्न पाउनुप¥यो । सरकार सांसदलाई बोल्न दिँदैन ।’–उनले भने ।

अध्यक्ष ओलीले साँढे नौ किलो सुन बरामद गरेर भन्सार गोदाममा राखिएपनि सो सुन चोरी भएको र नक्कली सुन त्यहाँ राखिएको आफूले सूचना पाएको समेत बताएका छन् । त्यस अवसरमा उनले वर्तमान सरकारले मुलुक चलाउनै नसक्ने बताएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*