आँखा पाक्ने रोगबाट बच्न के गर्ने, के नगर्ने ! (भिडियोसहित)

अखबार हब
२०८० श्रावण १९, शुक्रबार १४:१७

विभिन्न अस्पतालमा आँखा पाक्ने रोगको समस्या बढ्दै गएको छ ।

पछिल्लो केही दिनयता देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको हो । काठमाडौंस्थित तीलगंगा आँखा अस्पताल, नेपाल आँखा अस्पताल लगायत देशभरका अस्पतालहरुमा आँखा पाक्ने समस्या भएका बिरामीहरुको चाप बढेको छ ।

तीलगंगा अस्पतालमा कार्यरत बाल आँखा रोग विशेषज्ञ डा.सृजना अधिकारीले आँखा पाक्ने समस्या लिएर अस्पतालमा दैनिक एक सय जनासम्म आउने गरेको जानकारी दिइन् । उनले भाइरल इन्फेक्सन र ब्याक्टेरीयाको कारणले आँखा पाक्ने समस्या देखिने गरेको बताए । धेरैजसो आँखा रातो हुने र चिप्रा आउने समस्या भएका बिरामीहरु अस्पताल आउने गरेको बताए । उनले पटक विगतको वर्षहरु भन्दा धेरै नै केसहरु देखिएको बताए ।

आँखा पाक्ने रोग  
    के गर्ने ?
आँखा चिसोले तथा बरफले सेक्ने
सफा पानीले आँखा सफा गर्ने
घर बाहिर जाँदा कालो चश्मा प्रयोग गर्ने
संक्रमित आँखालाई छोएपछि राम्रोसँग हात धुने 
   के नगर्ने ? 
संक्रमित आँखालाई सकेसम्म नचलाउने
स्कुल,कलेज र अन्य भीडभाड भएको ठाउँमा नजाने
अरुले प्रयोग गरेको रुमाल तौलिया प्रयोग नगर्ने
आफूखुशी औषधिको प्रयोग नगर्ने 

हेर्नुहोस् भिडियो सन्देश

यसमा तपाइको मत

Your email address will not be published.


*