खाद्यान्न शाखा र डिपो रित्तै, मुगुका स्थानीय चर्को मूल्यमा खाद्यान्न किन्न बाध्य

अखबार हब
२०८० श्रावण १९, शुक्रबार २०:१०

मुगु । दुर्गम हिमाली जिल्ला भनेर चिनिएको जिल्ला मुगु हो । कहिले सिटामोल नहुने त कहिले नुन नहुने,शिक्षा स्वास्थ्य,सडक,सञ्चारले पछि परेको जिल्ला मुगुमा हिजो आज सरकारी खाद्य गोदामहरु पनि रित्तो छ ।

जिल्लामा रहेको खाद्य ब्यवस्था तथा ब्यापार कम्पनी लिमिटेड शाखा गोदाम र स्थानीय तहमा रहेको रातापानी विक्रि केन्द्र,श्रीकोट डिपो,कालै बिक्री केन्द्र,स्रोश्रकोट डिपो,पुलु डिपोमा खाद्यान्न नहुदा गोदाम रितै भए पछि मुगालीहरु हिजोआज स्थानीय बजारको चर्को मूल्यको खाद्यान्न किर्नेर जीवन निर्वाह गर्न बाध्य भएका छन ।

आ.व २७९/०८० को लागि मुगु जिल्ला सदरमुकाम डिपोमा २ हजार ७ सय क्वीन्टल कोटा भए पनि ११ हजार ८ सय ८८ क्वीन्टल ढुवानी भएको ,खत्याड श्रीकोटको लागि २ हजार क्वीन्टल कोटामा ९५ क्वीन्टल ढुवानी भएको , रातापानी विक्रि केन्द्रको लागि ७ सय ५० क्वीन्टल ढुवानी भए पनि ६ सय ३० क्वीन्टल ढुवानी भएको ,सोरुकोटको लागि २५ सय क्वीन्टलमा १९ सय क्वीन्टल ढुवानी भएको ,पुलुको लागि १७ सय ५० क्वीन्टल भएपनि ३ सय ५९ क्वीन्टल ढुवानी भएको कालै बिक्री केन्द्रको लागि १५ सय क्वीन्टल भएपनि ४ सय ७५ क्वीन्टल ढुवानी भएको देखिन्छ । बार्षिक कोटा अनुसारको ढुवानीको जिम्मा लिएपनि समयमा ढुवानी नगर्दा अहिले जिल्ला भरि खाद्यान्न अभाव देखिएको खाद्य ब्यापार कम्पनी शाखा कार्यालय मुगुले नजाएको छ ।

स्थानीय आशा शाहनी भन्छन ‘ गरीब जनतालाई सस्तो सुलभमा खाद्यान्न पाईएला भनेर खाद्य लिन गोदाममा जादा आज भोलि बन्द छ, भाद्र महिना पछि आउनु भनेर घर फर्काउछन, कर्मचारीको व्यवहार हेर्दा गरीबका लागि सरकार रहेन छ । जीवन बचाउनको लागि भए पनि ऋण गरेर अहिले बजार चर्को मूल्यमा खाद्यान्न किनेर लिनु पर्ने बाध्यता छ । ’

यस्तै छाँयानाथ रारा नगरपालिका ११ रोवा कि उब्जी सेजुवालले गुनासो पोखिन ‘बजार भन्दा कम रुपैयाँ पर्ला सस्तो होला बचेको रुपैयाले घरमा तेल ,साबुन लिनु पर्ला भनेको हो, अफिसमा ३ पटक आई सक्दा पनि बन्द छ, बजारमा महङ्गो मूल्य हालेर किनेर लिनु पर्ने भो बालबच्चा आफ्नो ज्यान जोगाउर्ने पर्ने भयो बजारमा खाद्यान्नमा १४ सय पर्ने चामल बजारमा २ हजार २५ सय सम्म मूल्य हालेर लिनु पर्छ । ’

घरमा बर्ष भरि गरेको खेतिले ३ महिना चलाउन पनि मुस्किल हुने बताउँदै स्थानीयवासीले बजारको किनर खानु पर्दा गरीबलाई बाच्न गारो भएको गुनासो गरे ।

गत आ.व २०७९/०८०को कोटा अनुसारको खाद्यान्न केही जिल्लामा ढुवानी भएको र ढुवानीमा ठेक्का गर्ने समयमा ढिलो ठेक्का लागेको हुँदा ढुवानीमा केही कम भएको हो । खाद्यान्न ढुवानी भएको अहिले गोदाममा मौज्दात ६ सय ८० क्वीन्टल मात्र रहेको छ । बर्खाको समयका कुनै समयमा विपत हुन सक्ने सम्भावना बढी भएको हुँदा बिपतको लागि मात्र राखेको छ । अर्को ठेक्का नलागुन्जेल सम्मको लागि खाद्यान्न बिक्री बितरणको साउन ११ गतेबाट बन्द गरिएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा मुगुका पुष्कर भामले बताए ।

खाद्यान्नमा पनि नुन जस्तै समस्या भएको छ । अहिले खाद्यान्नमा पनि जति बार्षिक कोटा अनुसार ढुवानी गर्न नसक्दा अहिले गोदाममा न्यून मात्रामा खाद्यान्न मौज्दात रहेको छ । मौज्दात रहेको खाद्यान्न बिपतको लागि व्यवस्था गरिएको छ । अहिले मुगु लगायत कर्णालीका सबै जिल्लामा खाद्यान्नको समस्या छ भर्ने अर्को तर्फ भारतले खाद्यान्न नियातमा रोक लगाएको हुदा केही समस्या भएको मुगुका प्रमुख जिल्ला अधिकारी मोहन बहादुर थापाले बताए ।

मुगु जिल्लामा आकाशे पानिको भरमा खेति गरिने हुँदा १२ महिना काम गर्दा पनि ३ महिना सम्म मात्र खान पुग्ने अन्न उत्पादन हुन्छ । राज्यका तिनै तहका सरकारले मुगु लगायत कर्णाली प्रदेशका हिमाली दुर्गम जिल्लाको लागि प्रत्येक बर्ष खाद्यान्न र नुनको ब्यवस्था मिलाउनको लागि फरक व्यवस्था मिलाउन आवश्यक भइसकेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*