सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानविन समिति गठन भए संसद खुल्छ : महेश बर्तौला

अखबार हब
२०८० श्रावण २२, सोमबार १८:१८

काठमाडौं । नेकपा एमालेका सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणमा प्रमुख प्रतिपक्षी र जनताले उठाएको उच्च स्तरीय छानविन समितिको बनाउने मागमा सहमति भए अवरुद्ध संसद खुल्ने बताएका छन् ।

शीर्ष तीन दलको बैठक जारी रहदा पत्रकारहरुसँग कुराकानी गर्दै सचेतक बर्तौलाले उच्च स्तरीय छानविन समिति बनाउने सहमति भए सदन पनि अघि बढ्ने विश्वास व्यक्त गरे ।

उनले भने ‘ प्रतिपक्ष र जनताले उठाएको माग उच्च स्तरीय छानविन समिति बनाउँने कुरामा सहमत भएर आउँने छ र सदन अगाडि बढ्नेछ भन्ने विश्वास छ । ’ सचेतक बर्तौलालले संसदीय समितिको विषयमा पनि एक खालको सहमति भएको बताए ।

उनले भने ‘ समितिको विषयमा नेकपा एमाले र अरु दलहरुबीच एकप्रकारको सहमति भएको छ । आज सदन अगाडि बढाएर समितिको नेतृत्व चयनको प्रक्रिया समेत अगाडि बढाउँने कुरा बैठकमा राखेका छौ । विषयगत समितिमा केही सदस्यहरु हेरफेर गर्न पर्ने छ । हामीले हाम्रो तर्फबाट पनि हेरफेर गर्नुपर्ने छ त्यसको तयारी गरेका छौ । यसको विषयमा सभामुखले यहीबाट आफ्नो घोषणा गर्न सक्नु हुनेछ । ’

यसमा तपाइको मत

Your email address will not be published.


*