डेंगु संक्रमणबाट हेटौंडामा एक युवकको मृत्यु
मकवानपुर । डेंगी रोगको संक्रमणबाट हेटौंडाका एक युवकको मृत्यु भएको छ । मकवानपुर हेटौंडा–१२, पदमपोखरीका ४१ वर्षीय राजेश प्रधानको डेंगी संक्रमणका कारण मृत्यु भएको हो । तीन दिनअघि हेटौंडास्थित सञ्चो अस्पतालमा परीक्षण गराउँदा डेंगी संक्रमण पुष्टि भएको थियो ।
सञ्चो अस्पतालका डा. विकास थापाका अनुसार डेंगी संक्रमणपछि घरमै आराम गर्ने भनेर गएका प्रधान मंगलबार अस्पताल भर्ना भएका थिए ।
बुधबार थप उपचारका लागि भरतपुर गएका प्रधानको बिहीबार उपचारको क्रममा नयाँ मेडिकल कलेजमा मृत्यु भएको हो । प्रधानलाई दोस्रोपटक डेंगी संक्रमण पुष्टि भएको थियो । पछिल्लो समय हेटौंडामा डेंगी संक्रमितको संख्या बढिरहेको छ ।
ईकान्तिपुरबाट