अनौपचारीक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने ‘भिमफेदी’ देशभरी मै दोश्रो

अखबार हब
२०८० श्रावण ३१, बुधबार १७:१५

मकवानपुर । स्थानीय तह अन्तरगत मकवानपुरको भीमफेदी गाउँपालिकाका अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा कोषमा आवद्धता गराइने भएको छ ।

नेपालमा यसरी स्थानीय सरकारले अनौपचारीक क्षेत्रमा काम गर्ने श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गराइने मध्य दोस्रो स्थानीय तह भीमफेदी गाउँपालिका हो । कोषले यसअघि स्याङ्जाको फिदिमखोला गाउँपालिकासँग सम्झौता गरेको छ ।

भीमफेदी गाँउपालिकाको गाँउसभावाट स्विकृत कार्यक्रम अनौपचारीक तथा स्वरोजगार श्रमिकको भबिष्य, सामाजिक सुरक्षा, सहकार्य, योगदान र सहभागीताको लागी आज (सोमबार) भिमफेदी गाउँपालिका र योगदानमा आधारीत सामाजिक सुरक्षा कोष बिच सम्झौता भएको गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए ।

अब भने भीमफेदी गाउँपालिकामा बसोवास गर्नु हुने अनौपचारीक तथा स्वरोजगार श्रमिकहरुले कोषमा आवद्धता भएसंगै कोषबाट उपलब्ध हुने सेवा सुबिधाहरु प्राप्त गर्नेछन् । चालु आर्थिक वर्षमा अनौपचारीक क्षेत्रमा काम गर्ने एक सय जनालाई यो कार्यक्रममा समेट्ने लक्ष राखिएको अध्यक्ष लामाले बताउनुभयो । कोषका कार्यकारी निर्देशक कृष्ण प्रसाद ज्ञवाली र भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले संझौता पत्रमा आज हस्ताक्षर गरेका छन् ।

योगदानमा आधारित सामाजिक सुरक्षा कोषको दायरा बिस्तार गरी स्वरोजगार र अनौपचारिक क्षेत्रमा रहेका व्यक्तिहरूको कोषमा आवद्धता गराउने प्रक्रिया औपचारिक रुपमा गर्ने कार्यक्रम अन्तरगत आज भीमफेदी गाउँपालिकामा काम गर्ने श्रमिकका लागि यो संझौता गरिएको हो ।

सुरुवाती अवस्थामा घरेलु तथा कृषि क्षेत्रमा काम गर्ने श्रमिक, निर्माण क्षेत्र र यातायात क्षेत्रमा काम गर्ने श्रमिक लगायतलाई आवद्ध गराउने योजना रहेको बताए ।

सरकारले तोकेको पारिश्रमिकलाई आधार मानेर त्यसमा योगदान गर्ने, श्रमिकलाई पारिश्रमिकको ९.३७ प्रतिशत रकम थप गरी कोषमा जम्मा गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भीमलाल महर्जनले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*