सरकारलाई दिपक सिंहको प्रश्न : गौहत्याको घटनामा सरकार किन मौन ?
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद दिपक बहादुर सिंहले, गौहत्याको घटनाप्रति सरकार मौन बसेको भन्दै आक्रोश पोखेका छन् ।
बिहीबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्दै उनले सरकार गौहत्याका घटना घटिरहदाँ सरकार के हेरेर बसेको ? भन्दै प्रश्न गरे ।
‘राष्ट्रिय जनावरलाई खुलेआम काटेर भोज भत्तेर गरेर मिडियामा देखाउने कार्य भईरहेको छ । कही यो केही तत्व वा बाहिरी प्रभावमा त हुन गईरहेको छैन ? सरकारले के हेरिरहेको छ । ? एक शब्द बोल्न सकिरहेको छैन् । यहि यहि निहुमा धार्मिक द्धन्द वा जातित्व द्धन्द भयो भने के हुन्छ ?
उनले बल्ल बल्ल सदन खुल्यो तर जनताका कुराहरु भने नउठेको टिप्पणी गरे ।
‘बल्लतल्ल हिजो सदन खुल्यो सबैलाई बधाई दिँदा दिँदै दिन बित्यो । एक महिना अगाडीदेखि बाढी र पहिरोले पुरेर मकवानपुर जिल्लाको फापरबारी गाउँपालिकाको झुरझुरे ठाउँमा ७ जनाको परिवार एकै चिहान भयो । त्यो बारेमा यहाँ केही राखौंला भनेको थिएँ । यहि हाई वे तिर पहिरोले बाटो अवरुद्ध हुँदा कयौंले कष्ट भोग्नु प¥यो । कतिले त बसमै बच्चा पाए । त्यता तिर कसैको ध्यान भएन् । ’
बाढि पहिरोले गर्दा धेरैको घरपरिवार उजाडिएको प्रति सरकारको ध्यान नगएको भन्दै उनले जनताका सवालमा गम्भीर हुन सरकारको ध्यानाकर्षण गराए ।