कृषककै छोरी भएकाले कृषिक्षेको सुधारका लागि समिति सभापतिमा उम्मेद्वारी : सांसद देउवा
काठमाडौं । नेपाली काङ्ग्रेसकी सांसद आरजु देउवाले कृषि, शहकारी तथा प्राकृतिक स्रोत समितिमा सकारात्मक परिणाम दिन सक्ने आशा लिएको बताएकी छिन् ।
आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा आफ्नो उम्मेदवारी पश्चात उनले आफू पहिलादेखि नै वनजङ्गलको क्षेत्रमा काम गर्दै आएको भन्दै उक्त क्षेत्रमा देखिएका चुनौतीलाई समाधान गर्ने उद्देश्यका साथ समितिमा आएको बताईन् ।
उनले भनिन्, ‘नेपालले रिग्रिनिङ्मा अन्तरराष्ट्रिय रेकर्ड बनाएको छ । तर यसलाई कसरी व्यवस्थापन गर्ने भन्ने सबै चुनौतीहरुलाई समाधान गर्न काम गर्न सक्छु भनेर म आएको र यसमा राम्रो परिणाम दिन सकिन्छ भन्ने आशा गरेको छ । म कृषकको पनि छोरी भएको हुनाले त्यो क्षेत्रमा के सुधार आवश्यक छ भन्ने हुनाले यो क्षेत्रमा काम गर्नु पर्छ भनेर आएको हो । ’
यस्तै उक्त समिति जनताको दैनिक कार्यसँग सम्बन्धित समिति भएको हुनाले पनि यसमार्फत जनताको पक्षमा कामहरु गर्न सक्ने बताईन् ।