गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो : दूर्गा प्रसाई

अखबार हब
२०८० भाद्र ११, सोमबार २०:०७

काठमाडौं । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक अभियान नेपाल बचाउका अध्यक्ष दूर्गा प्रसाईले विदेशीहरुको योजनामा आएको गणतन्त्रको फलस्वरुप धरान काण्ड भएको बताएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष प्रसाईले पहिचानको नाममा सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्ने प्रयास भएको बताए ।

उनले भने, नेपालभरि काण्ड नै काण्ड भएको छ, यो सबै गणतन्त्रले ल्याएको फल हो पाक्यो, अब खानै पर्छ सबैले कसैलाई भनेर केही पनि हुँदैन। गणतन्त्रको फल धरानमा पाक्यो यो त सुरुवात मात्रै हो । विदेशीहरुको योजनामा ल्याइएको यो गणतन्त्र मौलाउँदै गएर फलेको फल स्वरुप पहिले पहिचानको नाममा हाम्रो सनातन धर्म र संस्कृति, मूल्य र मान्यतालाई खण्डित गर्ने अभिप्रायले गाईलाई बलात्कार गर्ने र काट्ने तथा जातीयताको आधारमा विभेदपूर्ण व्यवहारहरु गर्न लगाएर देशमा साम्प्रदायिक युद्धको सिर्जना गर्दै छन् । ’

उनले देशका संघीय, प्रदेश, नगरपालिका र वडा सदस्यसमेतलाई गाडी चढ्न र पोस्नको लागि करमाथि कर बढाएको पनि बताए ।

अध्यक्ष प्रसाईले अहिलेको अवस्थामा कसैको बहकावमा नलागी राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिकहरुको जीवन रक्षा र गाँस, बास, कपासको सुनिश्चतताका खातिर एक भएर उभिन आवश्यक भएको बताए ।

उनले नेपाली नागरिकहरुलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नुपर्ने अवस्था नआउँने गरि बार या पारको अन्तिम लडाई लड्न आग्रह पनि गरे ।

उनले भने, हामी केहि दिन भित्रैमा आम नेपाली नागरिकको जीवन रक्षा, गाँस, बास र कपासको सुनिश्चित गर्ने तथा बैंक, लघुवित्त र सहकारी पीडितहरुको पीडालाई अन्त्य गर्दै दिगो आर्थिक विकास, रोजगारी, समुन्नति र शान्ति स्थापनाको लागि निर्णायक आन्दोलनको घोषणा गर्दै छौं । र अब हुने बार या पारको अन्तिम लडाईले हामी नेपाली नागरिकहरुलाई गाँस, बास, कपास र शान्तिका लागि पुनः आन्दोलन गर्नु पर्ने छैन । ’

यसमा तपाइको मत

Your email address will not be published.


*