कांग्रेस निकट मजदुर संगठनका कारण अझै सन्चालन हुन सकेन हेटौँडा सिमेन्ट उद्योग

अखबार हब
२०८० भाद्र १२, मंगलवार २०:०४

मकवानपुर । लामो सयमदेखी बन्द रहेको हेटौंडा सिमेन्ट  उद्योग अझै सन्चालन हुन सकेको छैन ।

करिब १ बर्ष देखी कोईला अभाव देखाउदै बन्द रहेको उद्योग गत (भदौ १० गते) आईतबारबाट सन्चालन गर्ने तय भएको थियो । यद्यपी कर्मचारीको रोकिएको अतिरिक्त सुविधासहितको पारिश्रमीक र ईन्स्योरेन्स लगाएतको सुविधा उपलब्ध नगरे उद्योगमा काम नगर्ने अडानका कारण सो दिन उद्योग सन्चालन हुन सकेन ।

यद्यपी कर्मचारीले पाउने सेवा सुविधा आगामी अशोज मसान्त सम्म उपलब्धत्र गराउने र मंगलबार (आज) बाट उद्योग सञ्चालन गर्ने उद्योग व्यवस्थापन र आन्दोलरत कर्मचारी बीच  सोमबार भद्र सहमती भएको थियो ।

तर नेपाली कांग्रेस निकट ट्रेड युनियनले उद्योग सन्चालन समिती र उद्योग व्यवस्थापन टिम सँग गरेको भद्र सहमती लत्याउदै आफु निकटका कर्मचरी उद्योगमा काम तत्काल नगर्न आह्वान गरे सँगै सन्चालन हुन नसकेको उद्योग सन्चालक समितीका अध्यक्ष गणेश भेटवालले जानकारी दिए।

जसका कारण आज मात्र उद्योगले लाखौंको घाटा व्यहोर्नु परेको छ । उनले भने – “एक पटक किल चलाउदा ४०/५० टन कोईला खेर जान्छ त्यो भनेको ४ देखी ५ लाख खर्च हुनु हो नेपाली कांग्रेस निकट युनियनका केही व्यक्तिले गर्दा आज मात्र उद्योगले यति घाटा व्यहो¥यो । ”

यता उद्योगका सहायक महाप्रवन्धक कामेश्वर मण्डलले भने कर्मचारी अपुग भएका कारण उद्योग चलाउन हुन नसकेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*