‘काँग्रेस भित्र कुनै नेताको नजिक भएर कुनै पद लिनु छैन्’ : महत (बत्तव्यसहित)
मकवानपुर । नेपाली काँग्रेस मकवानपुरका सचिव भीमसेन महतले कुनै नेताको नजिक भएर कुनै पद नलिने बतएका छन् ।
काँग्रेस मकवानपुर भित्र पछिल्लो समय देखिएको घट्नाक्रमलाई देखाउदै यस्तो बताएका हुन् । बुधबार एक प्रेस बत्तव्य जारी गर्दै उनले भने– ‘मलाई कसैले हराउन सक्दैन्, हराउन सक्दैनको अर्थ डर छैन, पार्टी भित्र कुनै नेताको नजिक बसेर कुनै पदमा पुग्नु छैन, जनप्रतिनिधि बन्नु छैन, कसैकोे आशिर्वादले कुनै पद चाहिदैन । आफु काँग्रेस सच्चाउने अभियानमा लागेको भन्दै परिस्थिले कुनै जिम्मेवारी दिएमा पछी नहट्ने बताए ।
पार्टीका नेताहरु अबपनि आरोप पर्त्यारोप, गुट–उपगुटमा रोमलिए काग्रेस मकवानपुरको भविष्य अध्यारो तिर जाने बताए । पार्टीमा देखीएको अन्नतर विरोध तहगत रुपमानै हल गर्नु पर्ने उनको भनाई छ ।
सचिव महतले बुधबार पत्रकार सम्मेलनमा पेस गरेको बत्तव्य ।
नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य मान्यता, कानुन बमोजिम विधी को शासन, न्यायीक स्वतन्त्रताको विरासत बोकेको पार्टी हो । यो पार्टीले २००७ साल, २०४६ साल, ०६२/०६३ को ऐतिहासिक राजनैतिक आन्दोलनको नेतृत्व गर्यो । सशस्त्र जनयुद्धमा होमिएको माओवादि पार्टीलाई विभिन्न चरणको शान्तीवाता हुदै लोकतान्त्रिक शासन प्रणालीमा लेरायो । यो देशमा फरक फरक नाममा कम्यूनिष्ट विचारका पार्टीहरुको उपस्थिती रह्यो र सत्ताको नेतृत्व पनि गर्यो तर पनि उनीहरु लोकतान्त्रिक प्रणाली मै आफूलाई स्थापीत गर्दै रहे । नेपाली कांग्रेसको १२ औं अधिवेशनको “विकाश र समृद्धी” को नारा नै कम्यूनिष्टको नारा बन्यो । यसर्थ जसले सत्ताको बागडोर सम्हाले पनि यो देश नेपाली कांग्रेसको विचारवाट परिचालित हुँदै आएको छ र नेपाली कांग्रेस मात्र साच्चिकै लोकतन्त्रको रक्षक पार्टी हो । यसर्थ हामी सबै कांग्रेसले गर्व गर्नुपर्छ।
संसारमा नै परिचित भारतीय स्वतन्त्रता आन्दोलनमा पनि अहम भूमिका खेल्दै भारतमै ३ वर्ष जेल जिबन भोगेको, बहुआयमिक व्यक्तित्वका धनि जन नायक वीपी कोइरालाले स्थापना गरेको हाम्रो पार्टीमा प्रतिबन्धित कालमा पार्टीका सबै साथीहरुलाई आफ्नो व्यक्तिगत संम्पती बाढेर पार्टी जोगाउने, पहिलो समाजवादी बजेटका प्रस्तोता शुर्वण सम्शेर, निडर निस्कलक महान त्यागी नेता गणेशमान सिंह, सहासी प्रवक्ता विचारमा अडिक कृष्ण प्र भटटराई, शुसिल कोइराला जस्ता नेताहरुले संरक्षण गर्दै, हुकाउदै यहाँ सम्म आईपुगेको पार्टी नेपाली कांग्रेस हो र हामी यस पार्टीको कार्यकता हो ।
वि.सं. २०६९ देखी ‘वैशाख ३० गते स्थानिय तहको निर्वाचन सम्पन्न भयो । उक्त स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस गठबन्धनमा गएकोले स्वभाविक रुपमा सिट हरु बाडफाडको क्रममा पार्टीका उमेदवार हुन आकाक्षि केहि साथिहरु बञ्चित भए । त्यसपछि संघ र प्रदेशको निर्वाचन मा पनि गठबन्धन मै भएकोले नेपाली कांग्रेसले संघमा १ सिट र प्रदेशमा २ सिट प्राप्त गर्यो । गठबन्धनवाट उम्मेदवारी दिदा नेपाली कांग्रेसको प्रतिनिधी सभा १ का उम्मेदवार महालक्ष्मी डिना उपाध्यायले निर्वाचन क्षेत्रको पूर्वी क्षेत्रबाट मतगणना गर्दै आउदा ८ हजार भन्दा वढी मतान्तरणमा अगाडी रहनु भएको क्रममा बजार क्षेत्र प्रवेश पश्चात मत घट्दै घट्दै पराजयको परिणाममा आईपुग्यो प्रतिनिधी सभा क्षेत्र नं. १ ख का नेपाली कांग्रेसका लोकप्रिय प्रदेश उम्मेदवार आनन्दराम पराजुलीले पनि पराजय व्यहोर्नु पयो तथापी यो क्षेत्रमा आनन्द रामको भन्दा संघका उम्मेदवार डिनाको मत ५ हजार भन्दा कम आयो । एउटै पार्टीको उम्मेदवार बीच यत्रो मत अन्तर कसरी आयो ?
पार्टी भित्रको सपनामा व्यापक छलफलको बिषय बनाइनु पथ्यो तर त्यसो नभै सामाजिक संजालमा अन्तंधातीको विवरण सार्वजनीक भयो । चोक, चौतारि चिया गफ सबैतिर पर आम मतदातमा समेत यो कुरा पुग्यो तब मतदाताले कांग्रेसले काग्रेसलाई हराउदो रहेछ अब हामी कांग्रेसलाई किनभोट हाल्ने भने अब यो कार्यले कसलाई फाइदा पुग्यो । यो नियोजित हो कि अन्जनको गल्ली / एउटा राजनीति पार्टीको संगठनको मुख्य आधार भनेको वडा संगठन हो ।
गत निर्वाचनमा त्यही वा काग्रेसका साथीहरु विमेकी संग, साथीभाईसंग वा आफ्नै नातागोता संग पनि दुश्मनी लिएर आफ्नो नेतालाई जिताउन दिलो ज्यानले लागे तथापी परिणाम नकारात्मक आयो । त्यस्तो वडा वडाका साथीहरुलाई बोलाएर गरिएको गाउँ पातिका सम्मेलनमा नेताहरूले आफ्नो भाषणको सम्पूर्ण समय एक आपसमा अन्र्तघात मरेको दोषारोपणमा विताए र नेताबाट नयाँ कुरा सिक्ने, संगठनलाई कसरी बलियो बनाउन सकिन्छ अब आउने दिनहरुमा कसरी अगाडी बढ्ने भन्ने जस्ता विषयहरू नेताहरुवाट उ भन्ने सोचेर कतिपय साथीहरू ३४ घण्टा पैदल हिडेर उत्साह र जोसका साथ आएका कार्यकालाई नेताहरुको अन्तरघाटी आरोप प्रत्यारोप पनि बनायो ।
कार्यक्रमबाट फर्कदा मलिन अनुहार बनाएर फर्किए। अहिले ति कार्यकता सिथिल भएका छन्। यसरी पाटी संगठनको मुल आधारमा नै धक्का पुग्ने गरी किन यसो गरीयो नियत के हो संगठन सबै सिद्धिए कहाँ गएर नेता बन्ने ? यदि त्यसो भएको हो भने पनि पार्टी अन्तंगत नै तहगत रूपमा अनुशासन समिती छ । अन्तघातको प्रमाण जुटाएर उपयुक्त समितिमा राखेर कार्वाही गरे भैहाल्यो नि अन्तंधती भनि रहने सामाजिक संजालमा विवरण हाल्ने तर कारवाहिको प्रकृया केही पनि नगर्ने किन ?
२०६९ चैत्र ५ गते स्ववियुको निर्वाचन सम्पन्न भयो । टि. यू.;अन्तर्गतको देश भरीको सबै क्याम्पसमा एउटै सूची अनुसारका उक्त निर्वाचन केन्द्रलाई पनि थाहा थियो। निर्वाचनमा सहभागी हुन २०६९ फागुन १९ गते दल दर्ताको समयमा नेविसंघ अध्यक्ष सुभाष सापकोटाको तर्फबाट स्याम्पसमा नेवि संघ दता गरियो । फागुन २२ गते केन्द्रले नेवि संघको अध्यक्ष भिषण ठकुरीलाई तोकि पठाएको पत्र लिएर उनी आए र आफू आधिकारीक भएको दावि गरे स्ववियू निर्वाचनमा पनि गठबन्धन थियो । गठबन्धनमा रहेको अन्य विद्यार्थी संगठनले नेविसंघमा आन्तरिक समस्या देखाएर भागवण्डामा नेविसंघलाई पछाडी पारे । केन्द्रले भिषण ठकुरीलाई पठाउनु थियो त एक महिना अगाडी नै किन नपठाएको दल दर्ता कै मितिमा केन्द्रले किन पत्र दियो कसको उत्सावटमा हसे पाटीकी कार्यकर्ता उत्पादन गर्ने धती विद्यार्थी संगठन मै आक्रमण गरी कमजोर बनाउने नियतले पार्टीलाई कहाँ पुर्याउला ?
वि.स. २००० भदौ ८ गते प्रदेश सांसद श्री लक्ष्मी श्रेष्ठको सम्पर्क कार्यालय उद्घाटन कार्यक्रम संपन्न भयो । उक्त कार्यक्रममा नेपाली कांग्रेसका सह-महामन्त्री महालक्ष्मी डिना उपाध्यायको प्रमुख आथित्यता र बागमती प्रदेशका नेपाली कांग्रेसको तर्फबाट हुनुभएका सबै जना अतिथि थिए। उक्त सम्पर्क कार्यलयमा प्रत्येक दिन १ जना मन्त्रि आएर कार्यकर्ता संग फल गुनासो सुन्ने कुरा आयो त्यो सारै राम्रो विषय हो । तर उहाहरु नेपाली कांग्रेस बागमती प्रदेश अन्तंगत होइन विधिले त प्रदेश कार्यालयमा बसेर उक्त कार्य विधि सम्वत हुनेहोला नि सोही कार्यक्रममा कठित विद्यार्थी नेताने मकवानपुर जिल्ला कार्य समितिका पदाधिकारीलाई बहिष्कारको घोषणा गर्दछन् अरु त्यसमा तालि बजाउँछन् यो बिना हो।
आमन्त्रण नगरिएको सभापति बुद्ध लामालाई आसन ग्रहणमा बोलाएर हामीले बोलाउदा पनि नआएको भन्ने सहभागि बिच प्रमाणित गर्न खोजिन्छ के यसले राम्रो गर्ला ? अहिले बुद्ध लामा व्यक्ति होइन नेपाली कांग्रेसको सभापति हो संस्था हो र कांग्रेसको विधानको व्यवस्था हेर्दा अहिले पनि नेपाली कांग्रेस सभापति प्रणाली मा चल्ने पार्टी हो ।
नेपाली कांग्रेस मकवानपुरको पार्टी संगठन जति बलियो भयो त्यति नै हामी सबैको राजनितिक भविष्य सुरक्षित हुन्छ। सम्पुर्ण नेपाली कांग्रेसका कार्यकर्ता जसले आफ्नो जिवन नै पार्टीमा लगाउनुभयो । पार्टीको आजको स्थितीसम्म आइपुग्न तपाई सम्पूर्ण साथीहरुको रगत पसिना बगेको छ। पार्टीलाई सुकेको रुख होइन फल फलिरहेको भरिलो रुख बनाओ । तब हामी सबैले फल खान पाउँछ । कांग्रेसका नेताहरु अहिले पार्टीको विभिन्न पदहरुमा पुग्नुभएको छ। सामाजिक सम्मान र प्रतिष्ठा बढेको छ, त्यो नेपाली कांग्रेस पार्टी भएर हो। त्यसलाई मनन् गर्दै विगतको निर्वाचन तथा अन्य विपयले ल्याएको तिक्तता लाई भुलेर नेपाली कांग्रेसका आदरणिय नेताहरु सबै जना एक ठाउमा बसी छलफल, आत्म समिक्षा गर्दै समस्या भए त्यही तहमा सल्ट्याएर अब पार्टीलाई एक ढिक्का बनाएर आगामी निर्वाचान सम्ममा मकवानपु जिल्लाको तहगत सबै जन प्रतिनिधि पदहरुमा नेपाली कांग्रेसको बनाउन हार्दिक आग्रह गर्दछ ।