मूल्य वृद्धिको विरुद्धमा मोटरसाइकल धकेलेर युवा संघको विरोध प्रदर्शन

अखबार हब
२०८० भाद्र १७, आईतवार २०:०१

मकवानपुर । नेकपा(एमाले) निकट युवाहरुले हेटौंडामा सरकारले गरेको अस्वभाविक मूल्यवृद्धिको विरुद्धमा विरोध प्रदर्शन गरेको छ ।

आइतबार(आज) बागमती प्रदेशको राजधानी हेटौंडाको मुख्य बजार क्षेत्रमा मोटरसाइकल तथा स्कुटर धकेलेर राष्ट्रिय युवा संघ नेपाल मकवानपुरले मूल्यवृद्धिको विरुद्धमा विरोध प्रर्दशन गरेको हो ।

विरोध ¥यालीमा पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि खारेज गर, महंगी भ्रष्ट्राचार नियन्त्रण गर, ए सरकार तेरो मूल्यवृद्धिले मेरो ढाड सेकियो, ए सरकार जनता लुटिने कहिले सम्म ? दलालहरू होशियार, दैनिक उपभोग्य वस्तुमा गरिएको मूल्यवृद्धि नियन्त्रण गर जस्ता नारा लेखिएको प्ले कार्डसहित युवा संघका नेता कार्यकता प्रर्दशनमा उत्रियका थिए ।

यालीको कोणसभालाई सम्वोध गर्दै युवा संघ मकवानपुरका अध्यक्ष लक्ष्मण उप्रेतिले मूल्यवृद्धि फिर्ता नलिए अझै सशक्त आन्दोलन गर्न बाध्य हुने भन्दै सरकारलाई चेतावनीसमेत दिएका छन् ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल प्रदेश कमिटिका कोषाध्यक्ष नरेन्द्र भण्डारी, खेलकुद महासंघ बागमती प्रदेशका सचिव जेन श्रेष्ठले सरकारले पेट्रोलियम पदार्थ सँगै अन्य पदार्थको पनि मूल्य गरेर आम उपभोत्ताको ढाड सेक्ने काम गरेको भन्दै मूल्यबृद्धि तत्काल फिर्ता लिन सरकारको ध्यानाकर्षण गरेका गरेका छन् ।

प्रर्दशनी कार्यक्रममा नेकपा(एमाले) मकवानपुरका अध्यक्ष एकालाल श्रेष्ठ लगायत युवा संघका कार्यकर्ताहरुको बाक्लो उपस्थित रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*