सरकार माटोको तोर्मा जस्तो भयो : बर्तौला

अखबार हब
२०८० भाद्र १८, सोमबार १४:१४

काठमाडौं । नेकपा(एमाले)का सचेतक महेश बर्तौलाले सरकार कुम्भकर्ण निन्द्रामा परेको टिप्पणी गरेका छन् ।

सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा सांसद बर्तौलाले सरकारले विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न नसकेको बताए ।

उनले भने ‘ यो सरकार माटोको तोर्मा जस्तो भयो सभामुख ज्यू । आईया पनि छैन आत्था पनि छैन् । विगत ४ वर्ष देखि यो देशका १ लाख ५० हजार भन्दा बढी नागरिकहरुले कोरोनाको बीमा गरे त्यसबापत ११ अर्व रकम अझसम्म प्राप्त गर्न सकेको छैन् । सरकारलाइ त्यस्को कुनै चासो छैन् । कुम्भकर्ण निन्द्रामा प¥यो । ’

यसमा तपाइको मत

Your email address will not be published.


*