दुधेपाडी वितरण गर्दै मनहरीमा लाखौँ रकम अनियमीतता

राममणि न्यौपाने
२०८० भाद्र २०, बुधबार १२:४७

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाँउपालिकाले कृषकलाई पाडी वितरणको नाममा लाखौँ रकम अनियमीतता गरको पाईएको छ ।

आर्थीक बर्ष २०७९/८० मा स्विकृत भएको बजेटमा विपन्न,अल्पसंख्यक तथा सहिद परिवारको आर्थीका उपार्जनका लागी भन्दै गरीएको पाडी वितरणमा चरम अनियमीतता भएको पाईएको हो । गत आवमा पालिकालो वितरण गरको १ सय ८ ओटा पाडी खरिदका लागी पटक पटक गरी ३० लाख ७४ हजार ५ सय बजेट विनियोजग गरीएको पाईएको छ ।

पालिकाको गत असार ८ गतेको निर्णयले विपन्न परिवारलाई भन्दै ८३ वटा पाडी वितरण गर्ने निर्णय गरको थियो । जस अन्तर्गत वडा नम्बर १ र ४ का ८३ घर परिवारलाई पाडी वितरणका लागी भन्दै रकम अनियमीतता गर्ने मनासाय राखी एकै प्रकृतिका २ वटा कोटेसन समेत आह्वान गरीएकोे खुलेको छ । जसअन्तर्गत सोही अर्थीक बर्षमा १९ लाख ५० हजार ५ सय बजेट गाउँपालिकाले पारीत गरी पाडी खरिद प्रकृया अगाडी बढाएको खुलेको हो ।

पालिकामा रहेको वडा नम्बर १ र ४ का विपन्न परिवारलाई पाडी वितरण गर्न गरेको निणर्य ।

सोही अन्तर्गत पालिको वडा नम्बर ९ स्थित ज्यामीरेको विमला कृषि केन्द्र प्राली सँग ९ लाख ६३ हजार ५ सयमा ४१ वटा र चितवन को राप्ती नगरपालिका २ स्थित गड्यौलीको हरी ओम एग्रो पोल्ट्री प्राईभेट लिमीटेडसँग ९ लाख ८७ हजारमा ४२ गरी ८३ वटा पाडी खरिद गरको पाईएको छ ।

उक्त रकमलाई आधार मान्दा पालिकालो खरिद गरेको एक वटा पाडीको मुल्य २३ हजार ५ सय पर्न आउछ । यद्यपी नश्ल प्रमाणीत नगरी वितरण गरीएको उक्त पाडीहरुको मुल्य २३ हजार ५ सय सम्म नपर्ने गाउँपालिकाका कृषकहरु आफैले बताउदै आएका छन् । गाउँपालिकाले अनुदान स्वरुप वितरण गरको उक्त पाडी प्रति कृषहरु नै असुन्तुष्ट देखीएका छन् । पालिकाको वडा नम्बर १ का कृषक गोमा वाईमा भन्छिन् “पाडी दिने भन्दै हामीसँग ३ हजार ५ सय २५ रुपँैया पालिकाले लियो तर भौचरसमेत दिएन” । सोही वडाकी अर्का कृषक भन्छन्“वडा अध्यक्ष शिवप्रसाद खनाललाई ३ हजार ५ सय ४० रुपैया दियौँ विल भौचर केही पनि दिएनन्,पालिकाले दिएको पाडी समेत हिड्न नसक्ने थियो बल्ल बल्ल २ महिनामा यत्तिको हेर्न हुने भयो ।” यता गाँउपालिका भने कृषकको गुनासोलाई लात हान्दै बजेट विनियोजन ठिक भएको बताएको बताउदै आएको छ ।

पालिकाका प्रमुख प्रशासकिय अधिकृत मोहन कुमार श्रेष्ठले आफु भन्दा तल्लो तहका कर्मचारीलाई दोस लगाउदै पानी माथीको ओभानो बन्न खाजीरहेका छन् । उनी भन्छन् “कर्मचारीले ठिक भनेपछि मैले गर्ने ठिक नै हो कर्मचारीले गरेको काममा मैले के नै गर्न सक्छु र ?”

पालिका भित्रका बनकरीया समुदायलाई पाडी वितरण गर्न जेष्ठ १७ गते गरेको निणर्य ।

त्यस्तै ज्येठ १७ गते पालिका क्षेत्र भित्र बसोबास गर्ने लोपोन्मुख जातीको रुपमा रहेका बनकरीया समुदायको आयआर्जन तथा जिविकोपार्जन सहयोग गर्ने उद्येश्यले वडा नम्बर ४ मा बसोबास गर्ने १० परिवार वनकारीयालाई समेत पाडी वितरण गर्ने निर्णय गरेको थियो तर सो शिर्षक कति बजेट विनियोजन गरेको भन्ने जानकारी दिन गाउँपालिकाले आनाकानी गरेको छ ।

यद्यपी गोप्य श्रोतका अनुसार उक्त शिर्षकमा २५ हजारका दरले १० परिवारलाई ३ लाख बजेट विनियोजन गरी पाडी गरीएको पाईएको छ । सो स्थानमा वितरण गरीएका पाडीको नश्ल चेकजाँच समेत नगरी र पर्ने मुल्य भन्दा बढि देखाएको श्रोतको दावि छ ।

वडा नम्बर ४ का बनकरीया समुदायलाई पाडी वितरण गर्दै पालिका उपाध्यक्ष सीता पुलामी मगर ।

त्यसैगरी असार २१ गतेको पालिकाको निर्णयले पालिका भित्रका सहिद परिवार सम्मान कार्यक्रम र द्धन्द पिडीत सम्बद्ध कार्यक्रममा ५ लाख ७४ हजार बजेट विनियोजन गरेको थियो । श्रोतकानुसार उक्त शिर्षक अन्तर्गत १५ वटा पाडी खरिद गरीएको र खरिदमा प्रति पाडी २७ हजार रुपैँया खर्च गरीएको छ ।

पालिका भित्रका सहिद परिवारलाई पाडी वितरण गर्न असार २१ गते गरेको निणर्य ।

उल्लेखीत शिर्षकमा गाउँपालिकाले विनाअनुगमन विल पास गरेको समेत पुस्टी भएको छ ।

यता गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले भने कोटेशन अनुसार पाडी खरिद गरीएको र कमजोरी भएको रहेछ भने कमजोरी गर्ने जोकोहीलाई कारबाही गर्ने बताछन् ।

 

यसमा तपाइको मत

Your email address will not be published.


*