क्रसर व्यवसायी पोस्न अध्यक्ष कालाखेतीले गरे पालिकाको १६ करोड राजस्व हिनामिना

राममणि न्यौपाने
२०८० भाद्र २९, शुक्रबार १६:५८

मकवानपुर । पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले नदिजन्य पदार्थको उत्खनन् तथा विक्री वितरण गर्दा करोडौँ रकम अनियमिता गरेको पाइएको छ ।

जिल्ला अनुगमन समिति मकवानपुरको निर्णयलाई व्यवस्था गर्दै मनहरी गाउँपालिका अध्यक्ष रञ्जन कालाखेतीले पालिकाको करिब १६ करोड ३६ लाख राजस्व हिनामिना गरेको पाइएको हो ।

आर्थिक वर्ष २०७८/०७९ मा जिल्ला अनुगमन समिति मकवानपुरले पालिकाको १२ वटा क्रसरको अनुगमन गर्दा ४ लाख ९१ हजार ३ सय घनमिटर नदी जन्य पदार्थ मौज्दात प्रमाणीत नभएको भन्दै जरिवाना भराउन सिफारी गरेको थियो ।

जिल्ला समन्वय समितिको कार्यालयले निणर्य कार्यन्वयन गर्न भन्दै २०७९ भदौ २३ गते गरेको पत्रचारको वेवस्था गर्दै मनहरी गाउँपालिकाको अध्यक्ष कालाखेतीले क्रसर व्यवसायी पोस्ने नियतका साथ १६ करोड जरिवाना हिनामिना गरेका हुन् ।

जरिवाना तिराउन समन्वय समितिले पत्र पठाएको ५ महिना अथार्त २०७९ पुष २७ गते बसेको पालिकाको कार्यापालिका बैठकबाट गत आवमा समन्वय समिति र नदीजन्य तथा खानीजन्य अनुगमन समितिमा प्रमाणीकरणको लागि पठाइएको विवरण स्टक प्रमाणीकरण गर्न छुट भएको भन्दै पुनः नयाँ मौज्दात विवरण पठाउने निर्णय गरेको थियो ।

पालिकाले समन्वय समितिलाई पठाएको नयाँ विवरणमा क्रशस व्यवसायी लाई फाइदा हुने हिसाबले नयाँ मौज्दात पठाइएको पाइन्छ । नयाँ विवरणमा पालिकाको मिलेमतोमा अन्य स्थानीय निकाय तथा असम्बन्धीत जिल्लाहरुबाट नदीजन्य पदार्थको खरिद बिल ल्याएर स्टक मिलान गरि क्रसर व्यवसायीलाई जरिवाना तिराउनबाट अध्यक्ष कालाखेतीले जोगाएका छन् ।

अन्य पालिकाबाट नदी जन्य पदार्थ खरिद गरिएको हो भने उक्त स्थानिय निकायको सम्बन्धीत क्रसर उद्योगलाई सो पालिकाबाट खरिद गरि ल्याएको भनेर प्रमाणीत गरिदिनु पर्ने हुन्छ । अन्य पालिकाले प्रमाणीत नगरेको बिल पेस गरि मौज्दात बढी देखाइएकोले क्रसर व्यवसायीलाई जरिवाना जोगाउनकै लागि अध्यक्ष कालाखेतीले यस्तो गरेको प्रष्ट देखिन्छ ।

पालिकाले बिना प्रारम्भीक वातावरणीय परिक्षण(आईईई) समेत नगरि नदीजन्य पदार्थ उत्खनन् तथा विक्रि वितरण गरेको देखिन्छ । आईईइ परिक्षण नगरिएकाले उक्त पदार्थ पालिका अन्तर्गत कै खोलाबाट चोरी निकासी भएको छर्लङ्ग देखिन्छ ।

समन्वय समितिले बढी मौज्दात देखिएको भन्दै जरिवान तिराउन गरेको उद्योगमा पालिकाको जनप्रतिनिधीले सञ्चालन गरेको क्रसर उद्योग समेत रहेका छन् । जसमा मनहरी– ८ का वडाध्यक्ष नारायणप्रसाद उप्रेतीले सञ्चालन गरेको जनसेवा क्रसर उद्योग रहेको देखिन्छ । उनले ७६ हजार ५ सय २५ घनमिटर बढी नदी जन्य पदार्थ मौज्दात राखेको भन्दै २ करोड ५५ लाख बराबर जरिवाना भराउन समितिलले निणर्य गरेको थियो ।

पालिका अध्यक्ष कालाखेती पनि स्वयम क्रसर व्यवसायी रहेकाले अन्य क्रसर व्यवसायीलाई जोगाउन लागि पर्नु नौलो विषय नभएको स्थानिय बताउछन् । स्थानीयका अनुसार अध्यक्ष कालाखेती हेटौंडा–१९ मा अवस्थीत शुभ क्रसर इण्डष्ट्रिजका सञ्चालकसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*