आयुर्वेद सेवा सम्बन्धी पत्रकार सँग अन्तरक्रिया

अखबार हब
२०८० आश्विन २७, शनिबार १५:३५

मकवानपुर । आयुर्वेद सेवा प्रवद्र्धन गर्न शुक्रबार हेटौँडामा पत्रकार सँग अन्तरक्रिया गरिएको छ । जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मकवानपुरको आयोजनामा केन्द्रले प्रदान गर्ने सेवा बारे पत्रकार समक्ष प्रस्तुत गरिएको थियो ।

केन्द्रका प्रमुख डा. ललिता पाण्डेको अध्यक्षता तथा नेपाल पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, जिल्ला अध्यक्ष मणिराज गौतम, जिल्ला पूर्व अध्यक्ष हरि हुमागाई, केन्द्रका आयुर्वेद कन्सल्टेन्ट डा. साइरस न्यौपानेलगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा डा। न्यौपानेले आयुर्वेद पञ्चकर्मका विषयमा र केन्द्रले प्रदान गरिरहेका सेवाहरुको बारे आफ्नो कार्यपत्र प्रस्तुत गरेका थिए । साथै केन्द्रका प्रमुख डा। पाण्डेले आव २०७९र८० मा भइगरेका प्रगति विवरणका साथै केन्द्रबाट दिइने सेवाबारे प्रस्तुती प्रस्तुत गरेकी थिइन् ।

उनले मकवानपुरका ७ स्थानीय तहमा आफ्नो सेवा विस्तार गरिएको बताइन् । हेटौंडामा ८ वटा क्लिनिक, मनहरी र थाहानगरमा एक÷एक वटा क्लिनिक सञ्चालनमा रहेको बताइन् । उनले ५ वटा गाउँपालिकामा भने नागरिक आरोग्य केन्द्र सञ्चालनमा रहेको बताएकी छिन् । आयुर्वेद सम्बन्धी कक्षा ९ र १० मा केही जिल्लाहरुमा पढाइ हुने बताउँदै अझै पनि ग्रामीण क्षेत्रमा आयुर्वेद बारे जानकार नभएको बताईन् ।

केन्द्रबाट गत आवमा २१ हजार ९५६ जनाले सेवा लिएको छ, डा। पाण्डेले भनिन् । उनी भन्छिन्ः विरामीको संख्या बढ्दो छ हामीले पञ्चकर्म तर्फ ५३० जनाले सेवा लिएका छन् । त्यस्तै, क्षारसुत्र १०६ जनाले सेवा लिएका छन् । उक्त सेवा लिदाँ २ हजार पाँच सय शुल्क लाग्ने, हाल फिजियोथेरापी सेवा निशुल्क समेत रहेको डा। पाण्डेले बताईन् । केन्द्रबाट ७५२ जना जेष्ठ नागरिकले सेवा लिएका छन् भने २१० जनाले स्तनपायी सेवा लिएको डा। पाण्डेले बताईन् ।

केन्द्रमा दुई हजार २०८ जनाले ल्याव सेवा, एक हजार ९९७ जनाले फिजियो थेरापी, एक हजार १९५ जनाले अंकुपञ्चर सेवा लिएको तथ्याङ्कमा उल्लेख रहेको छ । पछिल्लो वर्षमा आयुर्वेद स्वास्थ्य सेवा लिने विरामीको संख्या बढे सँगै केन्द्रमा योग हल नहुनु, जनशक्तिको अभाव हुनु, औषधिको अभाव रहनु, तत्काल आफ्नो भवन नहुनु हाम्रो समस्या रहेको डा. पाण्डेले बताईन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*