हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र चुरोट सल्काउदा एक जना घाइते

अखबार हब
२०८० कार्तिक १९, आईतवार १९:३१

मकवानपुर । हेटौंडामा गोबर ग्याँसको ट्याङ्कीभित्र पसेर चुरोट सल्काउन खोज्दा जलेर एक जना घाइते भएका छन् ।

घाइते हुनेमा हेटौंडा उपमहानगरपालिका वडा नं.६ हात्तिलेट बस्ने २६ बर्षीय समित राई रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार आइतबार दिउँसो राई छिमेकीको गोबर ग्यासको ट्याङ्की सफा गर्ने क्रममा ट्याङ्कीभित्र बसेर आफै चुरोट सल्काउन खोज्दा एक्कसी उनको ज्यानमा आगलागी भएको हो ।

उनको उद्धार गरी हेटौंडा अस्पतालमा ल्याईएको थियो । त्यहाँ उपचार सम्भव नभएपछि काठमाडौंको विर हस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार आगलागीबाट राईको शरीरको बिभिन्न भाग जलेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*