राक्सिराङका वडाअध्यक्ष कोईरालाको रजाई, रिद्धीसिद्धीको खानी जाने बाटो बनाउन वडाको बजेट खर्च

अखबार हब
२०८० कार्तिक २२, बुधबार ११:४४

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको बजेट निजि क्षेत्रको सिमेन्ट उद्योगको खानीमा जाने बाटो निमार्णमा प्रयोग भएको पाइएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको रिद्धीसिद्धी सिमेन्ट उद्योगको खानी रहेको राक्सिराङ गाउँपालिको वडा नम्बर–४ स्थित किन्दुराङ खानी जाने बाटो वडाको विकास बजेट खर्च गरि बनाइएको पाइएको छ ।

आफ्नो वडाको विकास बजेट स्थानिय जनताको सुविधामा खर्च गर्न लाग्नु पर्ने स्थानीय सरकार निजि लगानिमा खोलिएको सिमेन्ट उद्योगलाई फाईदा हुने गरि खर्च भएको भन्दै स्थानिय तवरबाटै विरोध सुरु भएको छ ।

वडाअध्यक्ष सञ्जय कोईरालाले सिमेन्ट उद्योगसँगको मिलेमतोमा विकास बजेट उद्योगको खानीमा जाने बाटो बनाउन खर्च गरेको स्थानियको भनाई । नाम गोप्य राख्ने सर्तमा अखबारहवसँग कुरा गर्दै एक स्थाननियले भने– ‘विकास योजनाको काम भन्दै वडा अध्यक्ष ज्युले किन्दुराङमा रहेको सिमेन्ट उद्योगको खानी जाने गोरेटोबाटो फराकिलो बउँदै हुनुहुन्छ । त्यस भेगमा मान्छेको बसोबास पनि छैन् । सिमेन्ट उद्योगसँगको मिलेमतोमा नै वडाको बजेट त्यस भेगमा खर्च गरेको देखिन्छ ।’

राक्सिराङको किन्दुराङ खानीसम्म जाने करिब ५ किलोमिटर गोरेटोबाटो वडाको बजेट खर्च गरि फराकिलो पार्ने काम भइरहेको र हाल सम्म १ किलोमिटर बाटो फराकिलो पार्ने काम भएको उनले बताए ।

त्यस्तै सिमेन्ट उद्योगलाई फाइदा हुने गरि बनाइएको बाटोमा पर्ने रुख विरुवा समेत फाडिएको स्थानिएले बताए । यस विषयमा डिविजन वन कार्यालय राप्ती, मनहरीलाई जानकारी गराउँदासमेत कार्यालयले खासै चासो नदिएको बताए ।

अखबारहवसँग कुरा गर्दै नाम गोप्य राख्ने सर्तमा अर्का स्थानियले भने – ‘वडाले विकास योजनाको काम भनेर बिस्तारै,बिस्तारै एउटा स्काभेटर प्रयोगगरि खानी जाने बाटो फराकिलो बनाइरहेको छ । बेला बखत बनका कर्मचारी पुग्दा मेसीन लुकाएर वडाको विकास काम भैरहेको भन्ने जानकारी गराउँने गरेको छ ।’ वडाअध्यक्षकै घरमानै वनको कार्यालय रहेको कारण वनले झारो टार्ने काम मात्र गरेको उनको आरोप छ ।

वडा अध्यक्ष कोईरालाले भने वडाको ७ लाख रुपैयाँ विकास बजेट खर्च गरि किन्दुराङ हुँदै चितवनको भण्डरा जोड्ने बाटो फराकिलो पारेको जवाफ दिए । तर किन्दुराङ हुँदै भण्डारा जोड्ने कुनै पनि बाटो नभएको पाइएको छ । राक्सिराङको रतुवा बाट वडा नम्बर ४ को कार्यालय निस्किएर दैक्षिण ताल सिलाधुनी सिलिङ्गे हुँदै चितवनको भण्डारा जोड्ने बाटो रहेको पालिका उपाध्यक्ष बनस्तम थिङले जानकारी दिए । उक्त बाटो सिमेन्ट खानीमा जाने बाटो रहेको उपाध्यक्ष थिङले बताए ।

साथै वडाध्यक्षले बनको अनुमति बेगर सयौं रुख विरुवा मास्दै सिमेन्टको खानी जाने बाटो फराकिलो पारेका हुन् । बनको अनुमति किन नलिएको भन्ने प्रश्नमा वडाध्यक्ष कोईरालाले पालिकाको कुनै पनि बाटो निर्माण गर्दा वा बाटोमा पर्ने रुख काट्नु पर्दा वनको अनुमति लिने नगरेको जवाफ दिए । वडाको विकास बजेट थोरै हुने भएकोले वनको अनुमति लिने आईईई गर्ने लगाएको कानूनी प्रक्रिया अवलम्बन गर्ने नगरेको बताए ।

वन पैदावार नियम अनुसार एक रुख कटान गरीएमा २५ वृक्षारोपण गर्नुपर्ने, क्षति न्यूनिकरणका उपाय अपनाउनु पर्ने व्यवस्था छ ।

यस्तै रिद्धीसिद्धी सिमेन्ट उद्योगको खानी हेर्ने जिम्मा पाएका कर्मचारी श्यामबहादुर साहले भने यस विषयमा जानकारी नभएको प्रतिक्रिया दिए । अखबारहवसँग कुरा गर्दै उनले भने– ‘किन्दुराङ खानी उत्खनन् गर्ने अनुमति खानी विभागले दिएको छैन, अनुमति बिना बाटो बनाउन पाईदैन ।’ पालिकाले आफ्नै हिसावले किन्दुराङ हुँदै कैलाश जोड्ने बाटो बनाएको हुन सक्ने उनले बताए ।

त्यस्तै डिभिजन बन कार्यालयल राप्ती, मनहरीका डिएफओ लोकराज नेपालले भने सुचना पाएसँगै काम रोकेको बताए । आईईई समेत नगरि रुख काटिएकाले कानुन बमोजिम दोसि उपर कारर्वाहीको प्रक्रिया अघि बढाइने प्रतिक्रिया दिए । डिएफओ नेपालले काम रोकेको बताए पनि वडाध्यक्ष कोईरालाले भने काम भइरहेको र अबको हप्तादिनमा कामसक्ने जानकारी दिएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*