कांग्रेस मकवानपुरको जिल्ला भेला पुस तीन गते
मकवानपुर। नेपाली कांग्रेस मकवानपुरको जिल्ला भेला आउँदो पुस तीन गते हेटौंडामा हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलन गर्दै जिल्ला सभापति बुद्ध लामाले पुस तीन गते हुने जिल्ला भेलाको तयारी तीब्र पारिएको जानकारी दिए । उनले यसपटकको भेला विशेष रहने भन्दै भेलामा राजनीतिक रुपमा बनेका संरचनालाई सामाजिक तथा आर्थिक रुपान्तरणमा लैजाने विषयमा समेत छलफल हुने बताए ।
भेलामा जिल्ला अधिवेशन देखि स्थानीय तहको निर्वाचन, प्रदेश र संघको निर्वाचनको समिक्षा हुने बताइएको छ । जिल्ला भेलालाई कांग्रेस प्रवक्ता समेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम तय भएको छ ।