एमाले मकवानपुरकाे ध्यान कार्यकर्ता प्रशिक्षणमा
मकवानपुर । नेकपा एमाले, जिल्ला कमिटी मकवानपुरकाे पूर्ण बैठक तथा प्रशिक्षक प्रशिक्षण कार्यक्रम हुने भएकाे छ ।
पुष ११ देखि १३ सम्म हुने बैठक तथा प्रशिक्षण पार्टीका महासचिव शंकर पाेखरेलकाे प्रमुख आथित्यतामा हुने बताईएकाे छ । प्रमुख अतिथि महासचिव पाेखरेलले पुस ११ गते पार्टीकाे दशाैँ महाधिवेशनकाे कार्यदिशनमा जिल्ला कमिटीकाे पूर्ण बैठकलाई सम्बाेधन गर्दै प्रशिक्षण दिनु हुने पार्टी जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताउनु भयाे ।
३ दिन सम्म सञ्चालन हुने प्रशिक्षक प्रशिक्षण कार्यक्रममा पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले माक्र्सवादी दृष्टिकाेण, संगठन विभाग प्रमुख काशिनाथ अधिकारीले संगठन निर्माण, व्यवस्थापन तथा परिचालन, स्थायी कमिटी सदस्य तथा जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालले पार्टी र जनसंगठनबीतकाे अन्तरसम्बन्ध र परिचालन, स्थायी कमिटी सदस्य राजन भट्टराईले भू-राजनीतिक र परराष्ट्र सम्बन्ध, स्थायी कमिटी सदस्य तथा बाग्मती प्रदेश ईञ्चार्ज गुरु वरालले समृद्व नेपाल र सुखी नेपाली, पाेलिटव्यूराे सदस्य तथा मकवानपुर ईञ्चार्ज देवि ज्ञवाली समृद्व मकवानपुर सम्बन्धी अवधारणा, पाेलिटव्यूराे सदस्य ईश्वरी रिजालले मिसन ८४ काे कार्यभार, पाेलिटव्यूराे सदस्य कैलाश ढुङ्गेलले पार्टी र जनप्रतिनिधिबीचकाे अन्तरसम्बन्ध, बालकृष्ण देउजाले सूचना प्रविधि प्रयाेग र महत्व/प्रशिक्षण शैलीबारे प्रशिक्षण दिनुहुने सचिव सिग्देलले बताउनु भयाे ।
जिल्ला कमिटी बैठकले संगठन सम्बन्धी विशेष कार्ययाेजना बनाउने र प्रशिक्षण कार्यक्रम पश्चात् पार्टी र जनसंगठनकाे विभिन्न तहमा जिल्लाव्यापी रूपमा प्रशिक्षण कनर्यक्रम सञ्चालन गरिने जिल्ला अध्यक्ष एकालाल श्रेष्ठले बताउनु भयाे । प्रशिक्षक प्रशिक्षण कार्यक्रममा ४० जना सहभागी हुने बताईएकाे छ ।