बागमतीमा एमालेका उम्मेदवारले गराए मनोनयन दर्ता
मकवानपुर । आसन्न राष्ट्रियसभा निर्वाचनको लागि बागमती प्रदेश अन्तर्गत नेकपा एमालेले उम्मेदवारी दर्ता गरेको छ ।
हेटौँडामा रहेको प्रदेश निर्वाचन कार्यालयमा एमालेको तर्फबाट चार जना उम्मेदवारले मनोनयन दर्ता गरेका हुन् ।
एमालेबाट महिला तर्फ रोजकुमारी चौलागाईं , अन्यमा त्रिलोचन निर्मल पौडेल, अपाङ्ग तर्फ विवेक देवकोटा तथा दलित तर्फ ध्रुवराज विकले उम्मेदवारी दर्ता गरेका हुन् ।