विकास र समृद्विकाे लागि एमाले सरकारमा: सचिव सिग्देल
मकवानपुर । राष्ट्रियता रक्षा गर्न, गणतन्त्र सुदृढ गर्न र विकास र समृद्विकाे लागि नेकपा एमाले बलियाे हुनपर्ने र सरकार सञ्चालन गर्नुपर्ने नेकपा एमाले जिल्ला कमिटी मकवानपुरका सचिव नवीन सिग्देलले बताउनु भयाे ।
बाग्मती गाउँपालिका वडा नं. ६ काे विहिबार भएकाे भेलामा बाेल्दै सिग्देलले नेकपा एमाले सरकारमा हुँदा जनतामा आशा र भराेसा बढ्ने र अन्य सरकारले निरासा मात्र पैदा गरेकाे भन्दै बर्तमान सरकार गठबन्धन ताेडेर मुलुकलाई नयाँ दिशा दिन एमाले सम्मिलित सरकार बनाउन कदम चालेकाे बताउनुभयाे ।
उहाँले नेकपा एमाले जनताकाे भराेसा र असल कार्यकर्ताकाे जगमा उभिएकाे बताउँदै पार्टीले खेलेकाे लाेकतन्त्र र देश विकासकाे लागि खेलेकाे भूमिका जनतामा प्रष्ट पार्न आमकार्यकर्ता पंक्ति एकजुट भएर लाग्नुपर्ने बताउनु भयाे ।
पार्टी वडा कमिटीका अध्यक्ष सुमन क्याम्चकीकाे अध्यक्षतामा भएकाे भेलामा नेकपा एमाले जिल्ला सचिवालय सदस्य खेम जर्गामगर, जिल्ला सदस्य तथा ६ नं. वडाका निर्वाचित अध्यक्ष टेकबहादुर डिम्डुङ्ग, बाग्मती गाउँपालिका कमिटी अध्यक्ष नरबहादुर पाख्रिन, ८ नं. वडाका निर्वाचित अध्यक्ष केशव तिमल्सीना जिल्ला सहकारी विभाग सदस्य दलबहादुर राईकाे उपस्थिति रहेकाे थियाे भने भेलामा पार्टी कमिटीका सदस्य, सदस्य, जनसंगठन र जनप्रतिनिधिकाे उपस्थिति रहेकाे थियाे ।