रास्वपा हेटौंडाले आफ्ना मन्त्रीहरुका लागि सुझाव संकलन गर्ने
मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) हेटौंडा नगर समितिले आफ्ना मन्त्रीहरुका लागि सुझाव संकलन गर्ने भएको छ । सरकारमा सहभागि भएका आफ्ना पार्टीका मन्त्रीहरुका लागि रास्वपा हेटौंडा नगर समितिले आम नगरिकको समस्या र सुझाव संकलन गर्ने भएको हो ।
नगरसमितिको बिहिबारको बैठकले पार्टीको भागमा परेको मन्त्रालयमा आम जनसमुदायका चासोको विषय,समस्या तथा सुझाव संकलन गरि मन्त्रालय सम्म पुर्यापुन नगर संगठन विभाग प्रमुख विशालराज महतको संयोजकत्वमा तीन सदस्य तदर्थ समिति गठन गरेको छ । तदर्थ समितिको सहदस्यहरुमा हेटौंडा नगर र्याट विभाग प्रमुख दामोदर दहाल र सूचना तथा प्रविधि विभाग प्रमुख राम विक्रम थापा रहेका छन् । समितिले चैत ५ र ६ गते हेटौंडाको बुद्धचोकमा सर्वसाधरनको समस्या र सुझाव संकलन गर्ने नगर समितिका सचीव प्रेमप्रसाद लामिछानेले जानकारी दिए ।
साथै बैठकले नगरमा गठन हुनबाँकी वडा समिति चैत महिना भित्रै गठन गर्ने निर्णय गरेको छ । त्यसै गरि पार्टीले हेटौंडा–६ को सभापतिमा नरहरी चौलागाईंलाई मनोनित गरेको सचीव लामिछानेले बताए । बैठकमा नगर सभापति ध्रुर्वबहादुर विष्ट, उपसभापति हरीबहादुर कुँवर लगायतको सहभागिता रहेको थियो ।