बागमतीका मुख्यमन्त्री जम्मकट्टेलले विश्वासको मत लिँदै

अखबार हब
२०८० चैत्र १९, सोमबार ११:०२

मकवानपुर । कांग्रेसले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका बातमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्मकट्टेलले विश्वासको मत लिँदैछन् । सोमबार दिउँसो १ बजे प्रदेशसभा बैठकमा उनले विश्वासको मत लिने भएका हुन् ।

सदनमा २ सिट रहेको हाम्रो नेपाली पार्टी (हानेपा)का सांसद शैलेन्द्रमान बज्राचार्यलाई मन्त्री बनाएर बहुमत जुटाइरहेका मुख्यमन्त्री जम्कट्टेललाई सत्तारुढ एकीकृत समाजवादी (एस)ले आइतबार ‘यथास्थितिमा’ समर्थन नगर्ने निर्णय गरेर दबाब बढाइरहेको छ ।

एसको आइतबार बसेको संसदीय दलको बैठकबाट ‘यथास्थिती’मा माओवादी केन्द्र संसदीय दलका नेतालाई विश्वासको मत नदिने निर्णय गरेपछि मुख्यमन्त्री जम्कट्टेलेको सत्ता अल्पमतको डिलमा पुगेको छ । जम्कट्टेलले शनिबार सत्ता साझेदार ठूलो दल एमालेबाट संसदीय दलका नेता जगन्नाथ थपलियालाई सरकारमा सहभागी गराएका थिए ।

हानेपा र एमाले सरकारमा सहभागी भएसँगै अंकगणितमा मुख्यमन्त्री जम्कट्टेल बलियो देखिएका थिए । एक्कासी एस बिच्किएपछि जम्कट्टेलको नेतृत्व सरकार निरन्तरता सकसमा परेको हो । ५६ सांसदको बहुमत पुर्याउन जम्मकट्टेको पक्षमा एमालेको २७, माओवादी केन्द्र २१, एसको ७, हाम्रो नेपाली पार्टीको २ मत छ । एसले आइतबारको निर्णय कार्यान्वयन भए जम्कट्टेललाई बहुमत पुग्दैन । हानेपाले पनि विश्वासको मत नदिने बताइसकेको छ । तर, यस दलका एक जना सांसद बज्राचार्यले विश्वासको मत दिने अडान राखेपछि सरकार बहुमतमा थियो ।

वाग्मतीमा कांग्रेस, राप्रपा, नेमकिपाले विपक्षमा मतदान गर्ने निर्णय गरिसकेका छन् । कांग्रेसका ३७, राप्रपाका १३ र नेमकिपाका ३ सांसद छन् । एस संसदीय दलका नेता कृष्ण शर्मा खनालले सबै प्रदेशमा भागबन्डा नटुंगिएको र वाग्मतीमा समान सहभागिता हुने निश्चित नभएका कारण विश्वासको मत नदिने पक्षमा आफूहरु उभिन बाध्य भएको बताए ।

यसमा तपाइको मत

Your email address will not be published.


*