एमाले मकवानपुरको अधिवेशन जेठ तेस्रो साता

अखबार हब
२०८० चैत्र २०, मंगलवार २१:४३

मकवानपुर  । नेकपा (एमाले) मकवानपुरको जिल्ला अधिवेशन जेठ तेश्रो साता हुने भएको छ ।

मंगलबार बसेको एमाले जिल्ला कमिटीको बैठकले जेठ तेस्रो साता जिल्ला अधिवेसन गर्ने निर्णय गरेको हो ।

बैठकले वैशाख १५ भित्र पार्टी सदस्यता नवीकरण गर्ने, वैशाख मसान्तसम्म वडा अधिवेशन गरिसक्ने र पार्टी जिल्ला कमिटीलाई अधिवेशन आयोजक कमिटीको रुपमा रुपानतरण गर्ने निर्णय भएको सचिव नवीन सिग्देलले जानकारी दिए ।

बैठकले अधिवेशको तयारीमा लाग्नको लागि मातहतको कमिटीलाई निर्देशन समेत दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*