स्वदेशी काठ प्रयोगमा ल्याउन वन मन्त्री पोखरेलको निर्देशन
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशव प्रसाद पोखरेलले सरकारी कार्यालयमा स्वदेशी काठको अनिवार्य प्रयोगमा ल्याउन निर्देशन दिएका छन् ।
बागमती प्रदेशको वन तथा वातावरण मन्त्रीको पदभार ग्रहण गर्दै पोखरेलले प्रदेशका सबै सरकारी कार्यालयहरुमा स्वदेशी काठको अनिवार्य प्रयोगमा ल्याउनु पर्ने निर्णयमा हस्ताक्षर गर्नुका साथै मतहतका कार्यालयलाई निर्देशन दिएका हुन् ।
आल्मुनियम, युपिभिसि तथा विदेशी काठको प्रयोग बढेको तर नेपालको काठ भने वनमै सड्ने अवस्था रहेकोले नेपाली काठको प्रयोगमा जोड दिएइको मन्त्री पोखरेलले बताए ।
‘नेपालमै उत्पादित काठको प्रयोग बिस्तारै हराउदै गएको अवस्थालाई मध्यनजर गर्दै मन्त्रिपरिषद्को बैठकबाट निणर्य गरि प्रदेशका पालिका तह सम्म नेपाली काठको अनिवार्य रुपमा लागू गरिने छ ।’– उनले भने ।
वन जंगलमा लडेका र कटान भएका काठ व्यवस्थापन तथा विक्री वितरणमा समस्या रहेकोले कानुनी प्रावधानसमेत परिवर्तन गरिने उनको भनाई छ ।