कर्मचारीहरुले अप्ठ्यारो स्थितिमा पनि काम गरेका छन्- मन्त्री थपलिया
मकवानपुर । बागमती प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले कर्मचारीहरुले अप्ठ्यारो स्थितिमा पनि काम गरीरहेको बताउनुभयो ।
मङ्गलबार खानेपानी उर्जा तथा सिंचाई मन्त्रालय अन्तर्गतका निकायहरूको आ.व २०८०/८१ को प्रगति समिक्षा गोष्टि कार्यक्रममा बोल्दै उहाँले सङ्घीयता कार्यान्वयन कर्मचारीले सहयोग गरीरहेको र अझै साथ दिन निर्देशन दिनुभयो ।
कामको चाप संग संगै नयाँ राज्य संरचनामा कार्यसम्पादन गर्नु पर्दा पनि कर्मचारीहरुको अथक मिहेनतले संघीयता दरिलो हुँदै गएको छ भने यसलाई दरिलो ढंगबाट सस्थागत गर्नुपर्ने पनि आजको आबश्यकता रहेको उहाँको भनाई थियो ।
यस्तै आर्थिक २०८०/०८१ को बजेट तथा कार्यक्रम व्यवस्थापन विशेष समितिले संसदबाट पास गरेका योजानाहरु तत्काल गर्ने कार्यान्वयन गर्न पनि निर्देशन दिनुभयो ।
मन्त्री थपलियाले बहुवर्षीयलागयत सबै योजनाहरु समानुपातिक, समावेशी अनुपातमा बिनियोजन गर्नुपर्ने भएकोले सहयोग गर्न पनि उहाँले आग्रह गर्नुभयो ।
यस्तै चालु आर्थिक बर्षमा सम्पन्न हुन नसक्ने योजनाहरु बिबरण पठाउन समेत मन्त्री थपलियाले निर्देशन दिनुभएको छ ।