सरकारी कार्यलयमा युपिभिसीको प्रयोगमा रोक लगाउछु : वन मन्त्री पोखरेल
मकवानपुर । बागमती प्रदेशका वन तथा वातावरण मन्त्री केशवप्रसार पोखरेलले अब बन्ने सरकारी कार्यलय र सरकारी अनुदान बाट बन्ने भवनमा युपिभिसी प्रयोगमा रोक लगाईने बताएका छन् ।
बिहिवार गैर सरकारी सघं बागमती प्रदेशले हेटौंडामा आयोजना गरेको बधाई तथा शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै मन्त्री पोखरेलले प्रदेशका सरकारी कार्यालय तथा सरकारी अनुदानमा निर्माण हुने भवनमा स्वदेशी काठको प्रयोग अनिवार्य गरिने बताएका हुन् ।
“मन्त्रीमा बहाल भएपछि पहिलो निणर्य सरकारी कार्यालयहरु र सरकारको अनुदानमा बन्ने भवनमा युपिभिसी तथा आयातीत काठको प्रयोग रोक्न स्वदेशी काठको प्रयोग अनिवार्य गर्नु पर्ने भनेर निणर्य गरेको छु ।” उनले भने ।
मलेसिया लगायतका देशबाट आयात भएका काठ प्रती कियुफिट ८ मा बिक्री भएको तर स्वदेशी स्वदेशी काठ तीन हजार रुपैयाँमा समेत बिक्री नभएर सडेको बताए । निश्चित व्यबसायिको सिन्डिकेटको कारण स्वदेशी काठ प्रयोग हुन नसकेको भन्दै मन्त्री परिषद् बाट निर्णय गरेर नितिगत रुपमा यस समस्याको हल गरिने उनको भनाई छ । एक सामुदायिक वन एक उद्यम कार्यक्रमसमेत छिटै सार्वजनिक गरिने उनले बताए ।
कार्यक्रममा विभिन्न संघ संस्थाले बागमती प्रदेशको नवनियुक्त वन तथा वातावरण मन्त्री केशव पोखरेल,उद्योग, वाणिज्य, भूमि तथा प्रशासन मन्त्री प्रकाश श्रेष्ठ, खानेपानी, उर्जा तथा सिँचाइ मन्त्री एकालाल श्रेष्ठलाई बधाई तथा शुभकामना प्रदान गरेका हुन् ।