एमाले मकवानपुर : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन, अध्यक्षमा ५ जनाको उम्मेदवारी

अखबार हब
२०८१ जेष्ठ १९, शनिबार २२:२२

मकवानपुर । नेकपा एमाले मकवानपुरको अधिवेशन जारी रहेको छ । शुक्रबारबाट सुरु भएको एमाले मकवानपुरको १२ औं जिल्ला अधिवेशनको उद्घाटन सत्र सकिएसँगै आजबाट नयाँ नेतृत्वको लागि निर्वाचन प्रक्रीया सुरु  भएको हो ।

एमाले जिल्ला निर्वाचन कमिटीले जारी गरेको उम्मेदवारको प्रारम्भिक नामावली अनुसार ५ जनाले अध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।  अध्यक्ष पदमा श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल, इन्द्रमान स्याङतान र रघुनाथ खुलालले उम्मेदवारी दिएका छन् । त्यसै गरि उपाध्यक्षमा धुर्वप्रसाद चौलागाईं, भरत दुलाल, हिदम लामा, सुनिल मोक्तानले उम्मेदवारी दिएका छन् । भने सचिवमा सुमित्रा काफ्ले, नरहरी महत, राजन थापा, मदन कुमार दहाल र सिता बिष्टले उम्मेदवारी दिएका छन् ।

साथै उपसचिव  खुल्ला पदमा इन्द्र नेपाल, कृष्णप्रसाद चौलागाईं, दिपक खड्का, फुर्वादोर्जे लामा, खेमराज जर्गा मगर र उपसचीव महिला पदमा कल्पाना बलामी, जुना दहाल, आरती पाठक , पार्वती रानाले उम्मेदवारी दिएका छन् । आकांक्षी बढेसँगै एमाले मकवानपुरको नयाँ नेतृत्वका लागि आईतबार निर्वाचन हुने पक्का भएको छ । अधिवेशनले पदाधिकारी सहित १ सय ५  सदस्य जिल्ला नेतृत्व चयन गर्ने छ ।

अधिवेशनमा मकवानपुर जिल्लाका ११ हजार ६ सय ८४ जना पार्टी सदस्यहरुबाट अधिवेशनको लागि प्रतिनिधि चयन गरिएको हो । अधिवेशनबाट मजदुर, पेशागत जनसंगठन, जेष्ठ कम्युनिष्ट मञ्च, सल्लाहाकार परिषद समेतबाट छानिएर ७ सय ६९ प्रतिनिधीहरुले सहभागीता जनाएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*