एमाले मकवानपुर : नयाँ नेतृत्वको लागि आज मतदान
मकवानपुर । नेकपा (एमाले) मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज मतदान हुँदैछ । गत शुक्रबारबाट हेटौंडामा सुरु भएको १२औँ जिल्ला अधिवेशनमा आज नेतृत्व चयनका लागि मतदान हुन लागेको हो ।
अध्यक्षका लागि शनिबार रघुनाथ खुलाल, श्रीधर पोखरेल, लालबहादुर थापा, देवराज रिमाल र इन्द्रमान स्याङतान गरी पाँच जनाले उम्मेदवारी दिएका छन् ।
यसैगरी, उपाध्यक्षका लागि हिदम लामा, धुर्वप्रसाद चौलागाई, भरत दुलाल, सुनिल मोक्तानले उम्मेदवारी दिनुभएको छ भने सचिवमा मनदकुमार दाहाल, सुमित्रा काफ्ले, नरहरी महत, राजन थापा र सिता विष्टको उम्मेदवारी परेको छ ।
त्यसैगरी, उपसचिव खुल्लातर्फ कृष्णप्रसाद चौलागाई, इन्द्र नेपाल, दीपक खड्का, फुर्वादोर्जे लामा र खेमराज जर्गा मगरले उम्मेदवारी दिएका छन् । उपसचिव महिलामा जुना दाहाल, कल्पाना बलामी, आरती पाठक, पार्वती रानाले उम्मेदवारी दिएका छन् ।
निर्वाचन अधिकृत सुजन तिमल्सिनाका अनुसार आज बिहान ९ बजेसम्म उम्मेदवारी फिर्ताको समय निर्धारण गरिएको छ । त्यसपछि उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गरिने र अपरान्ह १२ बजेबाट मतदान हुने तालिका रहेको तिमल्सिनाले जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयनका लागि नेताहरुबीच छलफल भइरहेको पनि बताइएको छ । अधिवेशनले पाँच पदाधिकारीसहित १ सय ५ सदस्सीय जिल्ला कमिटी निर्वाचित गर्नेछ ।