एमाले मकवानपुरको अध्यक्षमा पोखरेल विजयी

अखबार हब
२०८१ जेष्ठ २१, सोमबार १६:५९

मकवानपुर । नेकपा (एमाले) मकवानपुर अध्यक्षमा श्रीधर पोखरेल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी इन्द्रमान स्याङतानलाई ५१ मत अन्तरले पराजित गर्दै अध्यक्षमा विजयी भएका हुन् ।

पोखरेलले ३१३ र पराजित भएका  स्याङतानले २६२ मत प्राप्त गरेका छन् । अध्यक्षका अर्का उम्मेदवार लालबहादुर थापाले १६६ र देवराज रिमालले ११ मत प्राप्त गरेर पराजित भएका छन् ।

त्यस्तै उपाध्यक्षमा हिदम लामा २७९ मतान्तरले विजयी भएका छन् ।  विजयी लामाले ४७६ मत पाउँदा उनका  निकटतम प्रतिद्वन्द्वी सुनिल मोक्तानले १९७ मत प्राप्त गरेका छन् । उपाध्यक्षकै उम्मेदवार भरत दुलालले ८० र धुब्र चौलागाईले ३६ मत प्राप्त गरेका छन्ग ।

सचिवमा सिता बिष्ट २९७ मत ल्याएर विजयी हुनु  निकटतम प्रतिद्वन्द्वी मदन दाहालले २५५ मत प्राप्त गरेर पराजित भएका छन् । सचिवकै अर्का उम्मेदवार राजन थापाले १७१ मत प्राप्त गरे ।

उपसचिव (खुलातर्फ) फुर्वा लामा २४१ मत पाएर विजयी भए भने उनका निकटतम प्रतिदोन्दि दिपक  खड्काले १६२ मत प्राप्त गरे । यस्तै, उपसचिवकै उम्मेदवार ईन्द्र नेपालले १२९, खेम जर्गा मगरले १०० र कृष्ण प्रसाद चौलागाईंले ८६ मत प्राप्त गरेका छन् ।

उपसचिव (महिला) मा आरति पाठक २४१ मत पाएर विजयी हुँदा उनका  प्रतिद्वन्द्वी पार्बती रानाले १७२, कल्पना बलामीले १५६ र जुना दाहालले १५२ मत पाएका छन् ।

एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि १२औं अधिवेशन अन्तरगत आईतबार  निर्वाचन भएको थियो । कुल ७७७ प्रतिनिधि मध्ये निर्वाचनमा ७६५ मत खसेको थियो । सदस्यको मत गणना अझै बाँकी रहेको निर्वाचन समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*