रास्वपाले माग्यो मदन भण्डारी प्रतिष्ठानसँग यी सूचना

अखबार हब
२०८१ असार १७, आईतवार २१:४९

मकवानपुर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानसँग विभिन्न सूचना माग गरेको छ । रास्वपा हेटौंडा उपमहानगर समितिले सूचनाको हक बमोजिम दश वटा सूचना माग गरेको हो ।

रास्वपाले प्रतिष्ठानसँग सूचनाको हक सम्बन्धि ऐन, २०६४ को दफ ३ र ७ बमोजिम सूचना तथा जानकारीको प्रमाणित प्रतिलिपि माग गरेको हो । रास्वपा मकवानपुरका संगठन विभाग प्रमुख विशाल राज महतको नेतृत्वमा रास्वपाको टोली सूचना माग गर्न प्रतिष्ठान पुगेको थियो । महतले प्रतिष्ठानका रजिष्ट्रार राजेश प्रसाईँलाई सूचना मागको निवेदन पेश गरेका थिए ।

यी हुन् रास्वपाले माग गरेका सूचनाः–
१. कोभिड अवधिमा क्वारेन्टाइन सञ्चालन गर्दा कर्मचारी आवास, खानाको व्यवस्थापनको प्रक्रिया खर्च विवरण ।
२. (ct scan, MRI) लगायत खरिद गरिएका सम्पुर्ण उपकरण, खरिद गरिएको कम्पनी, औषधिको खरिद मुल्य सहितका बिवरण ।
३. सर्जिकल सप्लायर्सको छनौटको प्रकिया, खरिद गरिएको सामानको कम्पनी खरिद गरिएको मुल्य सहितको बिवरण ।
४. कोभिडको समयको कर्मचारीका लागि उपलब्ध गराइएको भत्ता रकमको बिवरण
५. ल्याबको केमिकल खरिद प्रक्रियाको विस्तृत जानकारी
६. हेटौडा अस्पताल मदन भण्डारी स्वास्थ विज्ञान प्रतिष्ठान द्वारा संचालित पश्चायत लगानीको विस्तृत विवरण
७. हेटौंडा अस्पतालको पुरानो भवन संरचना भत्काउदाको प्रक्रिया र सो समयमा निकालिएका सम्पुर्ण सामाग्रीरुको अवस्थाको सम्पुर्ण विवरण ८ – हेटौंडा अस्पतालमा भएका आर्थिक गतिविधिमा रकम बेरुजु भएमा सो को बिवरण
९. हेटौंडा अस्पताल व्यवस्थापन समिति मातहातमा स्वचालित बैंक खाता मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानले चलाएको भएमा कुन शीर्षक द्वारा चलाइएको छ ? सो को विस्तृत विवरण
१०. अर्थपेटिक अप्रेसनमा प्रयोग हुने सम्पुर्ण उपकरण र उपचार पद्धतिमा प्रयोग गरिने (स्टील रड) लगायत सम्पुर्ण स्वास्थ्य सामाग्री खरिद विवरण ।

यसमा तपाइको मत

Your email address will not be published.


*